|

गोरखा : कार्यालय आसपासका पसलेहरुले मनोमानी मूल्यमा टिकट बिक्री गर्दा सेवाग्राही ठगिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले कार्यालयभित्रै अंकित मूल्यमा टिकट उपलब्ध गराउने गरेको छ। तर घरेलु तथा साना उद्योग विकास समितिका एक कर्मचारीले भने कार्यालभित्रै १० रुपैयाँको टिकटलाई २० रुपैयाँमा बेच्ने गरेको भेटिएको छ।

कार्यालयमा करारमा कार्यरत उद्यम विकास सहजकर्ता मनोज साहले दोब्बर मूल्यमा हुलाक टिकट र दशौं गुणा बढाएर दर्ता तथा नवीकरण फाराम बेच्ने गरेको अजीरकोट गाउँपालिका ३ बाट सेवा लिन पुगेका हरि श्रेष्ठले गुनासो गरे।

‘आधा पेज प्रिण्ट गरिएको फारामलाई एकसय रुपैयाँमा बेच्दा रहेछन्, आज मैले नै किनेँ’, सेवाग्राही श्रेष्ठले भने, ‘१० रुपैयाँको टिकटलाई शतप्रतिशत बढाएर २० रुपैयाँमा बेच्ने रहेछन्, एक पेज प्रिण्ट भएको फारामलाई बाहिर बजारमा पनि बढिमा १० देखि १५ रुपैयाँमा बेच्छन्, तर कार्यालयभित्रै र त्यो पनि कर्मचारीले नै १०० रुपैयाँमा बेच्नु कालोधन्दा नै हो।’ कार्यालयभित्रै कर्मचारीले कालोबजारी गरिरहेको उनले गुनासो गरे।

कार्यालय प्रमुख दिनेश पौडेलले भने यसबारेमा आफूलाई जानकारी नभएको बताउँदै यति त्यसो गर्ने गरेको भए कारबाही गर्ने बताए। ‘टिकट बेच्ने पसलका मान्छे नभएका बेला सेवाग्राहीको सुविधाका लागि कार्यालयभित्रै टिकट राख्ने गरेको त जानकारी थियो, तर कर्मचारीले नै र यति धेरै मूल्य बढाएर बेच्ने गरेको जानकारी दिएन’, कार्यालय प्रमुख पौडेलले भने, ‘फारामलाई मात्रै होइन, होला विशेष खालको फाइललाई समेत गरेर ५०/६० रुपैयाँमा उपलब्ध गराउने गरेको थियो।’ यस बारेमा थप बुझ्ने र बास्तविक भए कारबाही गर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.