|

पेन्सलभेनिया । अमेरिकाको ह्यारिसवर्गमा रहेको हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी)ले आफ्नै भवन खरिद गरेको छ। संस्थाले नेपालीभाषी हिन्दू भुटानीको अगुवाइमा शुक्रबार भवन खरिद गरेको हो।

भवन स्थानीय ५६५० ल्यानकास्टर स्ट्रिट, ह्यारिसवर्गमा रहेको १२ हजार ५७२ वर्ग फिटमा फैलिएको छ। दश लाख अमेरिकी डलरमा २ लाख ५० हजार डाउन पेमेन्ट गरिएको छ। 

संस्थाले नेपालीभाषा कक्षालाई नियमित गर्ने, साहित्य कक्षा चलाउने, धार्मिक कार्यहरूलगायतको कार्य गर्न भवन खरिद गरिएको जनाएको छ। 

ओएचआरसीको स्थापना सन् २०१३ मा भएको हो। नेपालीभाषी भुटानी पुनर्स्थापना गर्दा सबैभन्दा धेरै संख्यामा पेन्सलभेनिया बसाएको भए पनि बसाइँसराइका कारण अहिले पेन्सलभेनिया संख्यामा दोस्रो भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.