|

हेटौँडा : नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको कारण देश र संविधान संकटमा परेको बताएका छन्। प्रेस चौतारी मकवानपुरले मंगलबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञावलीले प्रचण्डले बाहिर निर्वाचन गर्छु भन्ने तर मधेसी दलहरुसँग अर्कै कुरा गर्ने गरेको बताए।

मधेसका वासिन्दा चुनावको पक्षमा रहेको बताउँदै ज्ञवालीले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न समेत आग्रह गरे। संविधान कार्यन्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको भन्दै उनले निर्वाचनबाट देशले निकास पाउने बताए।

सरकारले निर्वाचन सम्बन्धी विधेयक निर्माण तथा पारित गर्न कुनै भुमिका नखेलेको बताउँदै सचिव ज्ञवालीले निर्वाचनको मिति घोषणासँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन अहिलेको प्रमुख काम भएको बताए।

मधेसवादी केही दलहरुले तराईमा एमाले निषेध अभियान चलाउनु राजनीतिक फाँसीवाद रहेको भन्दै जनाधार नभएका दलहरुको आतंकबाट एमाले नडराउने बताए। सरकार संविधान संसोधनको नाउँमा मधेस टुक्र्याउछु भन्नेहरुको पक्षमा लागेको भन्दै देश टुक्राउने अभिब्यक्ति दिनेलाई कारबाही नगर्नु शंकाको विषय भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.