रतनलाई प्रहरीले खोजिरहेको थियो

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गर्ने व्यक्ति सहिद परिवारको नभएको भेटिएको छ। 

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा सम्बोधनका क्रममा जुम्लाका रतन तिरुवा जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारका सदस्य नभएको नेकपा जुम्लाले जनाएको छ। 

प्रचण्माथि जुत्ता प्रहारको कोसिस असफल भएलगत्तै तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएपछि तिरुवामाथि सचिवालयका केही सदस्यले कुटपिट पनि गरेका थिए। 

नेकपा जुम्लाले आइतवार निकालेको विज्ञप्तिमा नेपालको राजनीतिक परिवर्तनका सुत्रधार प्रचण्डमाथि गर्न खोजिएको आक्रमणको जति निन्दा गरे पनि कम हुने उल्लेख गरिएको छ। 

‘जुम्लाको सिंजा गाउँपालिका निवासी मनु तिरुवाको छोरा रतन तिरुवा हाम्रो पार्टीको सदस्य होइन। साथै उनी कुनै सहिद परिवारका सदस्य पनि होइनन्। हम्रो पार्टीको सदस्य नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गराउँदछौँ’, नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुवँरले निकालेको विज्ञप्तिमा भनिएको छ।

रतन तिरुवा यसअघि पनि पटक पटक अराजनीतिक गतिविधिमा लागेकको दाबी नेकपाले गरेको छ। उनलाई नेपाल प्रहरीले खोजी गरिरहेको दाबी पनि कुवँरले गरेका छन्। 

आइतवार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धका क्रममा गर्ने वर्ग संघर्षको परिभाषा र अहिलेको परिभाषा फरक परेको भन्दै आवेशमा आएर आफूले जुत्ता हानेको बयान तिरुवाले प्रहरीलाई दिएका थिए।

यसअघि माओवादीकै पूर्व कार्यकर्ता पदम कुवँरले पनि प्रचण्डमाथि आक्रमण गरेका थिए। उनलाई पनि तत्कालीन माओवादी कार्यकर्ताल रक्ताम्य हुने गरी कुटेका थिए। पदम र रतन दुवैलाई प्रचण्डले नकुट्न आग्रह गरेका थिए।  

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.