|

काठमाडौं : गायक सुनील थापा र शान्ती श्री परियारको आवाजमा रहेको ‘गाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ। उक्त गीत बिसौनी क्रियसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतका शब्द सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन्। गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको भाव समेटिएको छ।

भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई, रुपा सुनार लगायतले अभिनय गरेका छन्। यो गीतको भिडियोलाई उदिराम खड्का र बिन्दु खड्काले निर्देशन गरेका हुन्। भिडियोको छायाङ्कन सुरज खनाल विक्रम काउछा तथा सम्पादन नविन घर्ती मगरले गरेका हुन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.