|

  • मेगराज खड्का-

रुकुम : रुकुमको चौरजहारी अस्पतालले बिरामीको उपचारमा सुविधा दिन अत्याधुनिक सीआर एक्सरे मेसिन ल्याएको छ। रुकुम, सल्यान र जाजरकोट लगायतका जिल्लाका बिरामीको उपचार गर्दै आएको अस्पतालले आत्याधुनिक मेसिनबाट उपचार दिन थालेको जानकारी दिएको छ।

सीआर एक्सरे मेसिन सञ्चालनमा ल्याउने चौरजहारी अस्पताल जिल्लाको पहिलो हो भने नेपालकै तेस्रो अस्पताल भएको प्रशासक डिलबहादुर गिरीले जानकारी दिए। ‘यस्तै प्रकृतिका अन्य कमसल मेसिनहरु केही ठुल्ठुला अस्पतालमा रहेको भएपनि अत्याधुनिक नयाँ प्रविधि सहितको भने चौरजहारी अस्पताल र देशका तीन अस्पतालमा मात्र छ’ उनले भने, ‘उक्त मेसिन नेपालको ओम र बी एण्ड बी अस्पतालमा मात्र रहेको छ। जर्मनीको अग्फा हेल्थ केयरबाट उत्पादित वायरलेस नयाँ ब्राण्ड हो।’

 उक्त सामाग्री नेपाल सरकारले मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताललाई अनुदानमा उपलव्ध गराएको हो। मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालमा पाएको उक्त मेसिनको मूल्य करिब ७० लाख रुपैयाँ पर्छ।

बिरामीहरुको स्वास्थ्य समस्या पहिचान गरेर रोग निदानमा सहयोग पुर्‍याउने उद्देश्यले आधुनिक मेसिन सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासक गिरीले जानकारी दिए। उनका अनुसार अस्पतालमा विशेष प्रकारको सीआर एक्सरे मेसिनसँगै डिआर डिजिटल एक्सरे, जनरल एनेस्थेसिया मेसिन र वायो केमेस्ट्रिक एनलाईजर मेसिन सञ्चालनमा ल्याइएको छ।

सिआर एक्सरे मेसिनबाट बिरामीको अप्रेशन गर्दा कम्प्युर मोनिटरमा भिडियो हेर्न मिल्ने सुविधा हुन्छ। जसको कारण बिरामीहरुको अप्रेशन गर्ने भाग वा अंगको सफल र भरपर्दो तरिकाले काम गर्न सजिलो हुन्छ। त्यस्तै डिआर डिजिटल एक्सरे मेसिबाट हाडजोर्नी समस्या भएका विरामीहरुको शल्यक्रिया गर्दा १० सेकेन्डमा नै हाड तथा जोर्नीको शल्यक्रिया भएको स्थानमा मिलेको वा नमिलेकोबारे थाहा पाउन सकिने सुविधा रहेको अस्तालका मेडिकल डाइरेक्टर डा. कालेव बुढाले जानकारी दिए। उनका अनुसार उक्त मेसिनबाट बिरामीको शलयक्रिया गर्दा रड,  किला राख्न र निकाल्न सहज हुन्छ।

अस्पतालमा उपलव्ध वायोकेमिस्ट्रिक एनालाइजर मेसिनबाट विरामीहरुको रगतमा भएको खराबी पत्ता लगाउन प्रयोग गरिन्छ। एनालाइजर मेसिनले मुटु, कलोजो, मृगौला र सुगर पत्ता लगाउन प्रयोग हुन्छ। त्यसैगरी अस्पतालमा प्रयोगमा आएको जनरल एनेस्थेसिया मेसिन बिरामीहरको अप्रेशन गर्नुपूर्व बेहोस गराउन प्रयोग गरिने अस्पताल बताएको छ।

अस्पतालमा आधुनिक मेसिनद्वारा बिरामीहरुको उपचार सेवा सञ्चालनमा आएसंगै बिरामीहरुको चाप समेत बढेको छ। दैनिक १ सय देखि १ सय ५० जना बिरामी आउने अस्पतालमा हाल विरामीको संख्यामा वृद्धि भएर दैनिक २ सय बढी पुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.