रुकुम : रोजगारीका लागि कतार गएका रुकुम स्यालाखदी ६ का २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको छ। कामबाट फर्किएर खाना खाई सुतेका बुढा बिहान मृत अवस्थामा फेला परेका थिए।
बुबाको मृत्युपछि आमा अर्कैसँग विवाह गरेर जाँदा टुहरो बनेका बुढा घरायसी समस्याका कारण रोजगारीका लागि कतार गएको स्थानीय हरि परियारले जानकारी दिए। उनको शव नेपाल ल्याउने तयारी भैरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।