|

हेटौंडा : नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुर जिल्ला समितिको संयुक्त आयोजना भैरहेको प्रेम बहादुर थापामगरस्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपमा मणिराज डाँगी र सुमित पन्तले अग्रता लिएका छन्। 

मंगलबार तेस्रो चरणको समाप्तिसम्म सुनसरीका मणिराज डाँगी र थापाथली चेस पार्कका सुमित पन्त समान ३–३ अंकका साथ शीर्ष स्थानमा छन्। डाँगी र सुमितले ३ वटै खेल जितेका छन्। दुई जीत र एक बराबरीसहित थापाथलीकै सुशील चौधरीले उनीहरुलाई पछ्याइरहेका छन्। 

हेटौँडामा जारी प्रतियोगितामा काठमाडांैका नविन तण्डुकार, सुरज पण्डित, थापाथलिका आशिष फुँयाल, भक्तपुरका राज प्रजापति, केशव मानन्धर, झापाका राजन सुवेदी, सुनसरीका प्रकाश सुवेदी, मकवानपुरका बलराम सन्जेल र पर्साका फैजल अलिले समान २ अंक प्राप्त गरेका छन्।

स्वीस लिग प्रणलीअनुसार ९ चरणका खेल हुने चार दिने प्रतियोगितामा उत्कृष्ट ११ जना खेलाडीहरुलाई कुल एक लाख नगद पुरस्कार प्रदान गरिने छ। जसमध्ये विजेताले नगद ५० रुपैयाँ हजार हात पार्नेछ।

त्यस्तै दोस्रोले १५, तेस्रोले साँढे ७ हजार, चौथौ र पाँचौंले ५ हजार तथा छैटौंदेखि दशौंसम्मले जनही ३ हजार रुपैयाँ प्राप्त गर्ने नेपाल बुद्धिचाल संघका सचिव एवं कार्यक्रम संयोजक नेकोस मकवानपुरका अध्यक्ष धरम बहादुर लामाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.