|

गोरखा : खानी विभागमा दर्ता नै नभै गाउँपालिकाको अनुमतिमा मात्र सञ्चालित गण्डकी गाउँपालिका वडा नं. ७ र ८ घ्याल्चोका सबै बालुवाखानीहरुलाई तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ।

मंगलबार प्रशासन कार्यालयले पत्राचार गरी चुवाटारमा सञ्चालित गोरखा रिसोर्स म्यानेजमेन्ट प्रालि, कुँडुलेमा सञ्चालित सिद्धीदर्शन सप्लायर्स प्रालि, सोही ठाउँको गोरखकाली स्याण्ड वास प्रालि र सुजोश कन्स्ट्रक्सन प्रालिद्वारा सञ्चालित खानीलाई फागुन २६ गतेभित्र खानी विभागको अनुमति लिन आग्रह गरेको छ। यदि ल्याउन नसके बन्द गर्न सो पत्रमा उल्लेख गरिएको छ।

सोही पत्रको आधारमा आज स्थानीय प्रहरीचौकीले बालुवा ब्यवसायीहरुलाई भेला गरी कवुलीयत नाम गराउने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। 

बालुवाखानी सञ्चालकको इशारामा चल्दैछ गोरखाको गण्डकी गाउँपालिका

‘स्थानीयस्तरमा अनुमति दिने गाउँकार्यपालिकाले पनि विधिवत चलाउन नसके बन्द गर्न भनिसकेको छ। हामीले पनि सोही आग्रहलाई सहयोग पुग्ने गरी पत्र पठाएका छौं’, प्रजिअ पौडेलले भने, ‘यदि २६ गतेभित्र खानी बिभागबाट अनुमति ल्याउन सकेनन् भने बन्द   हुनेछ। यस बारेमा बुधबार (आज) प्रहरीले उनीहरुलाई सचेत गराउनेछ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २० गते विभागले ती खानीहरुको बिषयमा के कसो भएको हो छानबिन गरी कारबाही गर्न प्रशासनलाई पत्राचार गरेको   थियो। माघ २६ गते पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वीकृत बिना सञ्चालित खानीहरुको सम्बन्धमा छानबिन गरी कागजात उपलब्ध आग्रह गरेको थियो। 

सोही आग्रह अनुसार अघिल्लो शनिबार प्रशासनका अधिकृत हर्क रोका नेतृत्वको टोलीले खानीहरुको अनुगमन गरेको थियो। खानीहरु सम्बन्धित निकायको स्वीकृत बिनै सञ्चालन भएको अनुगमन टोलीको ठहर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.