|

हेटौँडा : मादक पदार्थ सेवन गरी झगडा हुँदा पतिको हत्या गरी फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।  

हेटौंडा उपमहानगरपालिका १८ कि ५२ वर्षीय निरमाया रुम्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। माघ १५ गते भनाभन हुँदा निरमायाले पति जोगबहादुरलाई टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरी प्रवक्ता बामदेव गौतमले बताए। जोगबहादुरलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएपछि निरमाया फरार थिइन्।

प्रहरीले पक्राउ गरेपछि निरमायाले आफूले हत्या गरेको स्वटीकारेको प्रवक्ता गौतमले जानकारी दिए। गौतमका अनुसार निरमायामाथि थप अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गराइसकेको छ। सामान्य विवादले उग्र रुप लिएपछि मादक पदार्थको नशामा जोगबहादुरको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.