|

सुर्खेत : विद्यालय व्यवस्थापन समिति गठन गर्न अटेर गरेका सुर्खेतका ६ वटा विद्यालयलाई जिल्ला शिक्षा समिति सुर्खेतले कारबाहीको चेतावनी दिएको छ।

जिल्ला शिक्षा कार्यालयको निर्देशनलाई वेवास्ता गर्दै व्यवस्थापन समिति गठन गर्न अटेर गर्नेमा सदरमुकाम वरपरकै विद्यालय रहेका छन्। मंगलबार बसेको जिल्ला शिक्षा समितिले ती विद्यालयलाई कारबाहीको चेतावनी दिएको हो।

जन माध्यमिक विद्यालय वीरेन्द्रनगर, अमरज्योति माध्यमिक विद्यालय नेवारे चनौटे, चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेताल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जहरे, बागेश्वरी माध्यमिक विद्यालय राकम र सरस्वती माध्यमिक विद्यालय लेखपराजुलले व्यवस्थापन समिति गठन गरेका छैनन्।

शिक्षा ऐनको आठौँ संसोधन अनुसार जिल्लाका सबै विद्यालयलाई पुस मसान्तसम्म व्यवस्थापन समिति गठन गर्न शिक्षा कार्यालयले निर्देशन दिएको थियो। व्यवस्थापन समिति गठन नगर्ने ६ विद्यालयलाई माघ मशान्तसम्मको समय दिइएको शिक्षा समितिले जनाएको छ।

माघ मशान्तसम्म पनि समिति गठन गर्न नसके थप कारबाहीका लागि जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिने मंगलबार बसेको जिल्ला शिक्षा समितिले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.