|

धनुषा : विगत केही दिनदेखि जनकपुरसहित आसपासका जिल्लाहरुमा जाडो बढेको छ। विगत चार दिनदेखि तराइका जिल्लाहरुमा शितलहरसँगै जाडो अत्यधिक बढेको छ।

धनुषासहित आसपासका जिल्लाहरु सर्लाही, महोत्तरी, सिरहा, सप्तरीसहितका अन्य जिल्लाहरुमा शितलहरको प्रकोप बढेको छ। बिहान तथा साँझको समयमा हुस्सुसँगै चिसो हावाले जनजीवन प्रभावित हुने गरेको छ।

जाडोका कारण जनकपुर अञ्चल अस्पतालमा निमोनिया, रुघाखोकी, टाउको दुख्ने जस्ता रोगीको संख्या बढेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले बढ्दो शितलहर तथा जाडोलाई मध्यनजर गर्दै विभिन्‍न विभिन्‍न सावधानी अपनाउन सर्वसाधारणहरुमा अपिल गरेको छ। 

आगो बालिएन 

अघिल्लो वर्षहरुमा गाउँ विकास समिति, नगरपालिका र उप–महानगरपालिकाले जिल्ला वन कार्यालयको सहयोगमा सर्वसाधारण, बटुवा वृद्ध, अशक्तलाई मध्यनजर गर्दै विभिन्न स्थानमा आगो बाल्ने गरिएको थियो।

तर यसवर्ष कुनै पनि स्थानमा हालसम्म आगोको व्यवस्था गरिएको छैन। यता भिजिवलिटी नभएका कारण जनकपुरको सम्पुर्ण एयरबस उठानहरु रद्द गरिएको छ। 

उडान अवरुद्ध 
एयरबस उडानका लागि चाहिने २४ सय भिजिवलिटी मध्ये करिब ८ सय मात्र उपलब्ध रहेको समयमा जनकपुरमा अवतरण हुने तथा उडान हुने सम्पुर्ण सेवा अवरुद्ध भएको जनकपुर विमानस्थलले जनाएको छ।

माघको पहिलो सातासम्म मौसम सामान्य रहेपनि दोस्रो सातामा प्रवेश गरे लगत्तै बाक्लो हुस्सु र चिसो बढेको छ।  जाडो बालबालिका, वृद्धवृद्धा र अशक्तहरु बढी प्रभावित भएका छन्। सर्वसाधारणले विभिन्न स्थानमा आगो तापेर चिसो छलिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.