|

मोरङ : नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर निर्वाचित भएका छन्। मोरङ जिल्लाको लेटाङमा मंगलबार सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनबाट कमल अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले अध्यक्षका प्रत्यासी गोम राना रानामगरलाई १२ मतले पछि पारे। कमलले १ सय ८७ मत प्राप्त गर्दा गोमले १ सय ७५ मत प्राप्त गरे।

संघको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार थापामगर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी फणेन्द्र थापामगरले ९९ मत मात्रै पाए।

अठार मगरात क्षेत्रको भाषिक उपाध्यक्षमा एक सय ५७ मत लिएर जुनु बुढामगर निर्वाचित भएकी छिन्। उनका प्रतिद्वन्दीहरु मनिष तारामीमगरले ७८, अमर रेश्मी मगरले ५२ र हर्क घर्ती मगरले ४८ मत प्राप्त गरेका थिए।

महासचिवमा हिमाल घर्तिमगर निर्वाचित भए। उनले १ सय ९४ मत ल्याए। उनका प्रतिद्वन्दी श्याम रानामगरले १ सय ६१ मत प्राप्त गरेका थिए।

१ सय ६३ मत प्राप्त गरी लोकमान पुन मगर मुख्य सचिवमा निर्वाचित भए। उनका प्रतिद्वन्दी दिपक गरंजा मगरले १ सय ६० मत प्राप्त गरे।

यसैगरी १सय ६६ मत ल्याएर तेजबहादुर राना मगर संगठन सचिवमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी गणेश राना मगरले १ सय ६० मत प्राप्त गरेका थिए। १ सय ८० मत ल्याएर कला आले मगर प्रचारप्रसार सचिवमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी राजु पुन मगरले १ सय ५७ मत प्राप्त गरेका थिए।

२ सय ८५ मत ल्याएर चन्द्र थापा मगर विदेश सचिवमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी इमानसिंह राना मगरले १ सय ५० मत प्राप्त गरेका थिए। १ सय ८० मत ल्याएर चित्रबहादुर पुलामी मगर कोषाध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी लिलाबहादुर थापा मगरले १ सय ५९ मत ल्याएका थिए। 

बाह्र मगरात भाषिक उपाध्यक्षमा मनिष सुर्य मगर, काइके भाषिक उपाध्यक्षमा निरज पुन मगर, महिला उपाध्यक्षमा निरमा श्रीस मगर र महिला सचिवमा सुमना थापा मगर निर्विरोध निर्वाचित भएका थिए। 

केन्द्रीय सदस्यमा बाग्मती, राप्ती र जनकपुर अञ्चलमा निर्वाचन भएको थियो। बाँकी सबै अञ्चल तथा प्रतिष्ठान कमिटिमा निर्विरोध भएका थिए। ६३ सदस्यीय निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ। 

निर्वाचनबाट एमाले-कांग्रेस सम्बद्ध प्यानल बहुमतले निर्वाचित भएको छ। सर्वसहमतिका लागि पहल भएपनि सहमति हुन नसकेपछि एमाले-कांग्रेस सम्बद्ध एउटा प्यानल र माओवादी केन्द्र, संघीय समाजवादी, नयाँ शक्ति, विप्लव माओवादी, राष्ट्रिय जनमुक्ति लगायतको प्यानल गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए।

मुख्य सचिव, काइके भाषिक उपाध्यक्ष बाहेक सबैमा एमाले-काँग्रेस सम्बद्ध प्यानल बिजयी भएका छन्। मगर विद्यार्थीहरुको साझा संगठन नेपाल मगर निद्यार्थी संगठनमा पछिल्लो २/३ कार्यकाल यता राजनीतिक रुपमा निर्वाचन हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.