|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। बुधबार त्रवि शिक्षण अस्पतालमा दोस्रो पटक मृर्गौला प्रत्यारोपन गरेर उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ। 

अस्पताले शुक्रबार अपरान्ह जारी गरेको स्वास्थ्य बुलेटिनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको र आजदेखि प्रधानमन्त्री ओलीलाई चिकित्सको सायतामा सामान्य  हिँडडुल गराउन थालिएको जनाएको हो।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा छन् । त्यस्तै प्रधानमन्त्री ओलीलाई मृर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ । 

उनलाई ठोस आहारा दिन थालिएको छ। प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो। शुक्रबारबाट प्रधानमन्त्री ओलीलाई फिजियो थेरापी पनि सुरु गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.