|

किरण राई

लण्डन : गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न तत्पर रहेको गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताएका छन्। 

गैरआवासीय नेपाली (एनआरएन) को पूँजी र सीप भित्रायाउनका लागि  केन्द्रीत हुने भन्दै अध्यक्ष पन्तले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीहरुको ठूलो भूमिका रहँदै आएको बताएका हुन्। 

५ मार्चमा गैरआवसीय नेपाली संघ बेलायतको १५ औं स्थापना दिवसको अवसरमा अल्डरसर्टमा आयोजित कार्यक्रममा बोल्दै पन्तले गैरआवसीय नेपालीको महत्व राज्यले बिस्तारै बुझदै गएको छ । ‘त्यसैको परिणामस्वरुप विदेशमा बस्ने नेपालीहरुले दोहोरो नागरिकता पाउने भएको छ’, उनले भने।

गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्का महासचिव हेमराज शर्माले व्यवसायमा लगानी मात्रै नभएर विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको औँल्याएका छन्। ‘विदेशमा बसेर भएपनि नेपालप्रतिको माया र नेपालको समृद्धि चाहेको छ’, उनले भने।

गैरआवसीय नेपाली संघ बेलायतले १५ औं वसन्त पार गरेको अवस्थामा धेरै गर्नुपर्ने काम रहेको गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा कार्यक्रम संयोजक रामशरण सिम्खडाले बताए। बेलायत गैरआवसीय नेपाली संघ जन्माउने थलो भएको स्मरण गराउदै सवैको सकरात्मक चासो र चिन्ताको अपरिहार्यता रहेको बताए। 

गैरअवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले संस्थागत विकासमा आफ्नो तत्परता रहेको र सोही अनुसार आफ्नो कार्यहरुलाई दू्रत गतिमा गरिरहेको बताइन्।

दोहोरो नागरिकता र गोर्खाहरुको हक अधिकारमा पहल निरन्तर जारी रहेको पनि उनले बताइन्।  कार्यक्रममा बेलायतका लागि नेपाली राजदुतवासका उपनियोग प्रमुख शरदराज आरन, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य, पूर्व अध्यक्षलगायतले मन्तब्य राखेका थिए। 

स्थापना दिवसको उदघाटन् गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)का अध्यक्ष कुमार पन्तले १५ औं स्थापना दिवस लेखेको केक काटेर गरेका थिए। 

कार्यक्रममा गैरआवसीय नेपाली संघ बेलायतका सल्लाहकारहरुलाई सम्मान समेत गरिएको थियो। बेलायतको अल्डरसर्टको एम्पाएर हलमा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा नेपाली समुदायहरुको उपस्थिति थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.