सेनेटरी प्याड बनाउन तीन महिलालाई रोजगारी

|

सल्यान : नेपालमा सामाजिक संचालको प्रयोग बढिरहेको छ। यसको प्रयोगका सकारात्मक र नकारात्मक दुवै पाटा छन्। यसको दुरुपयोगले कतिले ज्यानसमेत गुमाइ सकेका छन्। तर, कतिपयले भने सामाजिक सञ्‍जालकै उपयोगबाट मनग्य आम्दानी कमाइरहेका छन्।

इन्टरनेटको विकास एवं विस्तारसँगै व्यवसायीले सामाजिक संजाल युट्युबको हेरेरै नयाँ व्यवसाय सञ्चालन गर्न थालेका छन्। युट्युब हेरेरै शारदा नगरपालिका-४ शाहुटोलकी लक्ष्मी बस्नेतले सेनेटरी प्याड उद्योग चलाएकी छन्। महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लामै पहिलोपटक सुरक्षा सेनेटरी प्याड उद्योग सञ्चालन गरेको बस्नतले बताइन्।

उद्योग सञ्चालनको 'आइडिया' थाहा नभए पनि युट्युब हेरेर उद्योग सञ्चालन गरेको उनले बताइन्। 'प्याड उद्योग खोल्ने कुनै सोच थिएन। युट्युब हेर्दै गएँ' उनले भनिन्, 'त्यही युट्युबको सहयोगले अहिले उद्योग खुलेकी छु।'

युट्युबमा भने जस्तो कम लगानीमा उद्योग सञ्चालन सकिने भने पनि हालसम्म १३ लाख लगानी लागि सकेको उनको भनाइ छ। शारदा नगरपालिकाले २ लाख अनुदान दिएपछि उद्योग सञ्चालनमा थप प्रेरणा मिलेको उनले बताइन्। 'सुरुसुरुका दिनमा आम्दानी नभएर निराश थिए। तर, आजभोलि राम्रो आम्दानी भइरहेको छ' उनले भनिन्।

महिनावारी भएको समयमा फोहोर र पुरानो कपडा प्रयोग गर्ने परम्परा छ जसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेका छ। प्रयोगको प्रयोगले महिलामाथि हुने समस्यालाई निराकरण गर्न यस उद्योगले सहयोग गर्ने बस्नेतले बताइन्। 'अझै पनि गाउँघरमा पुरानो कपडा प्रयोग गर्ने चलन छ,' उनले भनिन् 'जसका कारण महिलाले विभिन्न रोगको सामना गर्न बाध्य छन्।'

सुरक्षा सेनेटरी प्याडमा उत्पादन भएका प्याड जिल्ला बाहिरसमेत खपत भइरहेको उनको भनाइ छ। बस्नेतले उद्योग सञ्चालन गरेर थप तीनजनालाई रोजगारीसमेत दिएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.