|
फोटो : दीपक केसी

काठमाडौं : स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन बुधबार आज संसदमा पेश हुने भएको छ। बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा राज्य व्यवस्था समितिमा सहमति भएर आएको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको ५ बर्षे कार्यकाल सकिन दुई महिना बाँकी छँदै अर्को चुनाव गर्ने गरी समिति राज्य व्यवस्था अन्तर्गतको उपसमितिले मंगलबार विधेयकमा सहमति जुटाएको थियो।

बुधबार बिहान बस्ने राज्य व्यवस्था समितिको पूर्ण बैठकले विधेयकसम्बन्धी प्रतिवेदनमा छलफल गरी पारित गर्ने समिति सदस्य रामेश्वर फुयाँलले जानकारी दिए।

विधेयकमा स्थानीय तहको पहिलो निर्वाचनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलले राष्ट्रिय दलको हैसियतमा निर्वाचन चिन्ह प्राप्त गरी प्रतिष्पर्धा गर्न पाउने सहमति पनि दलहरुबीच भएको छ। उपसमितिमा छलफलको क्रममा रहेको राजनीतिक दलसम्बन्धी विधेयकमा भने बुधबार थप समितिको पूर्ण बैठकमै छलफल गर्ने तयारी गरिएको छ।

विधेयकमा मिल्न बाँकी थ्रेस होल्डको विषय टुंगो लगाएर प्रतिवेदन सकभर बुधबार नै पठाउने तयारी गरिएको समिति सदस्य रामेश्वर फुयाँलले जानकारी दिए।

प्रमुख ठूला दलहरु कम्तीमा ३ प्रतिशत थ्रेस होल्ड राख्ने विषयमा सहमति नजिक पुगेपनि साना दलहरुले संगठित रुपमै त्यसको विरोध गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.