|

  • भुपाल थापा

कपिलवस्तु : संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन नै रहेको बताएका छन्। प्रेस सेन्टर नेपाल कपिलवस्तुले बुधबार तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले सरकारको मुख्य जोड संविधान कार्यान्वयनमा नै रहेको बताए।

स्थानीय, प्रदेश र संसद गरी तीनै तहको निर्वाचन गरेर एकतात्मक व्यवस्थालाई संघीय शासन व्यवस्थामा रुपान्तरण गर्न सरकार क्रियाशील उनको भनाइ छ। वर्तमान सरकार गठनको मुख्य अभिप्राय नै स्वीकार्यता बढाएर संविधान कार्यान्वयन गर्नु हो, भन्दै उनले संविधानमा सबैको अपनत्व बढाउनका लागि संशोधन प्रस्ताव संसदमा दर्ता गरिएको बताए। 

मधेसका जायज माग संवोधनका लागि संविधान संशोधन हुनै पर्ने उनको जिकिर छ। प्रमुख प्रतिपक्षी एमालेले समेत नेपाल र नेपालीको आवश्यकतालाई बुझेर संविधान संशोधनमा सघाउनु पर्ने उनले बताए।

साथै मन्त्री पाण्डेले केही दिनभित्रै स्थानीय निर्वाचनको मिति तोकिने जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.