स्वस्थ रहेको प्रमाण पनि पेश गर्न निर्देशन

|

काठमाडौं : सरकारले वसन्त ऋतुमा हुने पर्वतारोहणका गतिविधिलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायलाई सचेत गराएको छ। पर्यटक विभाग अन्तर्गतको पर्वतारोहण शाखाले आरोहण व्यवस्थित गर्ने सम्बन्धमा सूचना जारी गर्दै वसन्त ऋतुमा हुने पर्वतारोहणलाई व्यवस्थित गर्न विभिन्‍न नियमहरु लागू गरेको छ। 

पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले पर्वतारोहण बाहेक अन्य थप गतिविधि गर्दा पर्वतारोही दलले पर्यटन विभागमा अनिवार्य जानकारी गराई स्वीकृती लिन सचेत गराएकी छन्। यस्तैगरी पर्वतारोहण गर्दा आरोहीको स्वास्थ्यअवस्था पर्वतारोहणका लागि उपयुक्त भएको विवरण पेश गर्नुपर्नेछ। 

ओरोहीले पर्वतारोहण अनुमति लिनुअघिका १४ दिनको यात्रा विवरण सम्बन्धित एजेन्सीले अध्ययन गरी पेश गर्नुपर्ने विभागले जनाएको छ। आरोहण अवधिभरको विमा गरेको कागजात सम्बन्धित एजेन्सीले सुरक्षित राख्नुपर्ने, अनलाइन बिफ्रिङ भरेपछि मात्रै आरोहण अनुमतिपत्र जारी हुने, अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्र आरोहणको प्रमाणपत्र जारीप्रक्रिया सुरु हुने विभागले स्पष्ट पारेको छ। 

तर अनलाइन डिब्रिफिङ नभरेको हकमा आरोहण प्रमाणपत्र जारी हुने छैन। डिब्रिफिङ हुँदाको समय आरोहण दलका सदस्यहरु के कुन् माध्यमबाट के कसरी काठमाडौं आइपुगे भन्‍ने विवरण पनि पेश गर्नुपर्ने भएको छ। 

सम्वद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल-असफल आरोहीको विवरणसहितको प्रतिवेदन डिब्रिफिङका समयमा पर्यटन विभागमा पेश गर्नुपर्ने जनाएको छ। 

आपत्काल उद्धार गरिएका पर्यटक बिरामीलाई सीमित स्रोत साधन भएका अस्पतालमा पुर्‍याएर महँगा अस्पतालमा रेफ गरिएकोमा ध्यानाकर्षण गर्दै विभागले त्यसरी उद्धार गरिएका पर्यटकलाई आधुनिक उपकरण भएका सुविधासम्पन्‍न अस्पतालमा मात्र लैजाने बन्दोवस्त वायुसेवा, हेलिकप्टर सेवा सञ्चालक तथा टुर-ट्राभल-ट्रेकिङ्ग-एक्सपिडिसन सञ्चालकले गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.