|
Photo: erienewsnow.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश नेइल गोर्सचलाई उच्च अदालतको न्यायाधीशमा मनोनित गरेका छन्। उच्च अदालतका न्यायाधीश एन्टोनिन स्कालियाको निधन भएपछि सो पद रिक्त थियो। ट्रम्पद्वारा उच्च अदालतको न्यायाधीशमा नियुक्ति पाउने ४९ वर्षीय नेइल कोलोराडोको संघीय पुनरावेदन अदालतका न्यायाधीश हुन्।

यद्यपी डेमोक्र्याटहरुले भने सिनेटबाट मनोनयनको निर्णय पारित हुनेमा आशंका व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले न्यायाधीश नेइलको प्रशंसा गर्दै भने, 'बौद्धिक, उच्च कानूनी शिक्षा लिएका, संविधानप्रति अक्षरशः प्रतिबद्ध रहेका व्यक्ति हुन्।' उनले नेइललाई अनुशासित र अत्याधिक जनताले रुचाएका न्यायाधीश भनेका छन्।

सिनेटले नेइलको नियुक्ति सदर गरे उच्च अदालतमा कन्जरभेटिभहरुको बहुमत पुग्नेछ। जसको प्रभाव लिंग परीक्षण गरेर हुने गर्भपतन, बन्दुक नियन्त्रणलगायतका गम्भीर मुद्दालाई उल्ट्याउने ट्रम्पको चाहनालाई सघाउनमा पर्न सक्ने छ। ९ न्यायाधीशको कोटा रहेको उच्च अदालतमा हाल ८ जना न्यायाधीश छन्।

नेइललाई मनोनित गरेको घोषणा हुँदै गर्दा उच्च अदातलबाहिर ट्रम्पविरुद्ध व्यापक प्रदर्शन भइरहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.