|

गुल्मी : लामो समय सुनचाँदीको आयात बन्द भएपछि गुल्मीमा सुनचाँदी पसल बन्द भएका छन्। सुन आयात ठप्प भएपछि सुनाचाँदी व्यावसायी संघ गुल्मीको आवाहन गुल्मीमा रहेका सुनचाँदी पसलहरु बन्द गरिएको संघका अध्यक्ष बालकृष्ण बरालले जानकारी दिए।

जिल्लामा दुई महिनादेखि सुनचाँदी आयात बन्द भएको बरालले जानकारी दिए। गुल्मीमा हाल सरदर एक हप्तामा १ किलो सुन खपत हुने गरेको बरालको भनाइ छ। लगनको महिनामा सुनचाँदी आयात नहुनु र पसल बन्द हुनेले ग्राहकहरुलाई समस्या पर्ने गरेको छ।

लामो समय सम्म आयात बन्द हुँदा बाध्य भएर पसल बन्द गरिएको अध्यक्ष बरालले बताए। ‘पुराना गरगहनाहरुको कामहरु गरेपनि थप सुन आयात नहुँदा पसल सञ्‍‍चालन गर्न समेत कठिनाई छ,’ उनले भने। सुनचाँदी व्यवसायी संघ गुल्मीमा १ सय ५० व्यवसायी आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.