|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका  पूर्वकप्तान पारस खड्काको ब्याटिङ वरियता खस्किएको छ।यद्यपि, विश्व चर्चित लेग स्पिनर सन्दीप लामिछानले भने आइसिसीले सार्वजानिक गरेको नयाँ वरियतामा सुधार गरेका छन्। 

बिहीबार सार्वजानिक टी–२० वरियतामा पूर्वकप्तान खड्का १२ स्थान तल झरेका छन्। टी ट्वान्टी वरियतामा बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ८४औं स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फ भने पारस एकै पटक १२ स्थान तल झर्दै ७५औं स्थानमा पुगेका छन्। अलराउन्डरतर्फ पारस २६ औं स्थानमा यथावत छन्। 

त्यस्तै, करण केसी अलराउन्डरतर्फ १४ स्थान खस्किन पुगे। करण अलराउन्डरतर्फ ८८औं स्थानमा पुगेका छन्। सोमपाल कामी पनि अलराउन्डरतर्फ सात स्थान खस्किएर ७३औं स्थानमा पुगेका छन्।

ब्याटिङतर्फ पाकिस्तानका ओपनर बाबर आजम शीर्ष स्थानमा रहँदा भारतीय ब्याट्सम्यान केएल राहुल दोस्रो र अस्ट्रेलिया कप्तान आरोन फिन्च तेस्रो स्थानमा यथावत छन्। 

बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खानन शीर्ष स्थानमा आफूलाई कायम राखेका छन्। बलिङतर्फ एकदेखि नवौं स्थानसम्म स्पिनर छन्। अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.