|

नयाँदिल्ली : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रीमियर लिग (आईपीएल) को यो सिजनको खेल एक महिना पर सार्ने निर्णय गरेको छ। बीसीसीआईले यो सिजनको आईपीएल १५ अप्रिलसम्मका लागि सारेको हो।

पहिले यो प्रतियोगिता २९ मार्चदेखि हुन तय गरिएको थियो। तर कोरोना भाइरसका कारण यसलाई तत्काल सञ्चालन नगर्ने निर्णय लिइएको हो। 

फ्रेन्चाइजीलाई यसबारेमा जानकारी दिइएको छ। बीसीसीआईका एक अधिकारी समाचार एजेन्सीलाई बताए अनुसार यो प्रतियोगिता गराउने सबैभन्दा उपयुक्त विधि समय सारिनु नै थियो।

यसभन्दा पहिले केन्द्र सरकारले १३ मार्चदेखि १५ अप्रिलसम्मका लागि सबै देशको भिसा रद्द गरिदिएको छ। केबल कूटनीतिक र कर्मचारीको भिसालाई मात्रै अनुमति दिइएको छ। खेलाडीलाई बिजनेस भिसा दिने गरिएको छ। यस्तोमा आईपीएलका ८ क्लबका लागि विश्वका विभिन्‍न देशबाट आउने ६० खेलाडीले भिसा पाउने छैनन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.