|

हेटौंडा : नेपाल विद्यार्थी संघ मकवानपुरको बुधबार भएको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा शिवप्रसाद खतिवडा (राजु) चयन भएका छन्। अधिवेशनले खतिवडाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गर्‍यो।

अधिवेशनले उपाध्यक्षमा लक्ष्मीकान्त पौडेल (लक्ष्मण), सचिव प्रविण हुँमागाई, सहसचिव लक्ष्मीकान्त पौडेल (सुरेन्द्र), कोषाध्यक्ष विनोद घिमिरेलाई चयन गरेको छ।

अधिवेशनले सदस्यहरुमा सिर्जना तिमल्सिना, सुनिल भोम्जन, सुनिल शिवाकोटी, उमेश स्याङतान, सन्तोष चौलागाई, सुवास तिमल्सिना, रुपक बर्तौला, प्रकाश तितुङ, आलोक पौडेल, रविन न्यौपाने, कविता बर्तौला, रोहित थापा, श्यामसुन्दर धिताल र रोशन कालाखेतीलाई निर्वाचित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.