|

तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोली अष्ट्रेलियाले उत्कृष्त सुरुवात गरेको छ। दर्शकविहीन मैदानमा भएको पहिलो खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा १-० को अग्रता बनायो।

जितका लागि २ सय ५९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभरमा १ सय ८७ रन मानै समेटिएपछि अस्ट्रेलिया रवाफिलो जित निकाल्न सफल भयो। न्युजिल्यान्डका लागि  ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ४० रन बनाए। उनले ७३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर हेनरी निकोलस १०, कप्तान केन विलियम्सन १९ र रोस टेलर ४ रनमा आउट भएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो।

त्यस्तै न्युजिल्यान्डका टम लाथमले ४० बलमा ४ चौका सहित ३८ रन जोडे। कोलिन डी ग्रान्डहोमले २५, मिचेल सान्टनार र ईश सोधीले समान १४–१४ रनबनाएपनि टिमको फराकिलो हार टार्न सकेनन्। अस्ट्रेलियाका तीब्र बलर प्याट कुमिन्सले ८ ओभरमा २ मेडन राख्दै २५ रन खर्चेर ३ विकेट लिए। मिचेल मार्शले ७ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए। जेश हेजलवुड र एडम जम्पाले २–२ विकेट लिए।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले  ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो। उसका लागि डेविड वार्नरले सर्वाधिक ६७

रन बनाए। उनले ८८ बलमा ९ चौका प्रहार गरेका थिए। त्यस्तै ओपनर तथा कप्तान आरोन फिन्चले ७५ बलमा ३ चौका र २ छक्कासहित ६० रन जोडे। पहिलो विकेटका लागि वार्नर र फिन्चले १ सय २४ रनको शतकीय साझेदारी गरेका थिए।

त्यस्तै युवा ब्याट्सम्यान मार्नस लाबुसेनले ५२ बलमा २ चौकासहित ५६ रनको योगदान दिए। प्याट कमिन्स १४ रनमा अविजित रहँदा स्टिभ स्मिथ १४, डी आर्सी सट ५, मिचेल मार्श २७, विकेटकिपर एलेक्स करी १ रनमा आउट भए। मिचेल स्टार्क ९ रनमा अविजित रहे। दोस्रो खेल आइतबार सिड्नीमा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.