|
फाइल तस्बिर

काठमाडौं : राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार रानीपोखरी कर्नर टिम (आरसीटी) र सातदोबाटो फुटबल क्लबले जित हात पारेका छन्।

ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चौथो चरणको यात्रा पार गरेको छ। लिगअन्तर्गत शुक्रबार नै सम्पन्न दिनको दोस्रो खेलमा आरसीटीले मध्यपुर युथ एसोसियनविरुद्ध ३-० को सहज जित निकाल्न सफल भएको छ। 

सातदोबाटोले सुरुआतबाट दबाबमा राख्दा दिनेश राईले पहिलो हाफको १४औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। जितसँगै सातदोबाटो बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। जितसँगै सातदोबाटो ५ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएका हो।

दोस्रो खेलमा अजित गुरुङको ह्याट्रिक मदतमा आरसीटीले मध्यपुरविरुद्ध शानदार जित निकाल्न सफल भयो। एक तर्फीजस्तो खेलमा अजितले खेलको सातौँ, ४९औँ, र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

पहिलो जित निकालेको आरसीटीको भने ५ अंकसहित सातौं स्थानमा रहेको छ। यता, दोस्रो हार ब्यहोरेको ब्वाइज युनियन ५ खेलबाट ७ अंकसहित तालिकाको पाचौं स्थानमा र चौथो हार ब्यहोरेको मध्यपुर १ अंकका साथ तालिको पुछारबाट दोस्रोमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.