|

कपिलवस्तु : निग्लिहवा गाविस कपिलवस्तुकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त गाविसको बनेको छ। आज कनकमुनी उच्चमाविमा भएको कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले गाविसलाई बालमैत्री स्थानीय शासन र पूर्ण खोप तथा पूर्ण साक्षरता गाविस घोषणा गरे।

निग्लिहवा गाविस नेपालको पाँचौ बालमैत्री गाविस हो। स्थानीय विकास मन्त्री पाण्डेले निग्लिहवावासीलाई बालमैत्री गाविस निर्माण गर्न सफल भएकोमा बधाई दिए। उनले अबका दिनमा स्थानिय निकाय बालमैत्री हुनुपर्ने बताए।

कार्यक्रममा कपिलवस्तुका सांसद् तथा सार्वजनिक लेखा समितीका संयोजक डोरप्रसाद उपाध्यायले बाल अधिकारको रक्षा गर्नु सरकार र राज्य दुवैको काम रहेको बताए। सेभ द चिल्ड्रेनका बाल सुशासन तथा संरक्षण निर्देशक डिल्ली गुराँगाईर्ले  बाल–बालिकाको अधिकार सुरक्षित गर्न राज्यका प्रत्येक निकाय लाग्नुपर्ने बताए।

गाविसलाई बालमैत्री घोषणा गर्नका लागी सेभ द चिल्ड्रेन, युनिसेफ, स्थानीय बाल क्लब, सनसाईन सामाजिक विकास संस्था लगायतले पहलकद्मी लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.