|

मुगु : सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्रापबाट ज्यान गुमाएकी महिलाका बालबालिकालाई विदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन्।

छायानाथ रारा नगरपालिका-१० जिउला गाँउकी २८ वर्षीया धनरुपा विकले पुस २२ गते पाँचौ सन्तानको रूपमा छोरी जन्माएकी थिइन्। छोरी जन्माएपछि अत्याधिक रक्तश्राप भएको थियो। हिमपातका कारण संचार सेवा अबरुद्ध भई समयमै एम्बुलेन्स बोलाउन नसक्दा उपचारको लागि जिल्ला अस्पातलमा ल्याउँदाल्याउँदै उनको पुस २३ गते बाटोमै मृत्यु भएको थियो।

विभिन्न संचार माध्यममा आमाको मृत्युपछि शिशुको बिचल्ली भएको भन्ने समाचार प्रकाशित भएपछि अमेरिकाम बस्दै आएकी नेपाली सुवी थापाले ५० हजार र कुबेतमा बस्दै गरेका सुरज मास्केले ५ हजार गरी ५५ हजार रुपैयाँ आमा गुमाएकी शिशुलाई आर्थिक सहयोग पठाएका हुन्। आर्थिक सहयोग पठाए पनि आमाको दूध खान नपाएर ती शिशुको १४ दिनपछि मृत्यु भएको थियो।

ती शिशुको पालन पोषणमा केही सहयोग पुगोस भन्ने उद्देश्यले पठाएको रकम शिशुको मृत्यु भएपछि दुई दाइ र दुई दिदीको पठनपाठनमा सहयोगका लागि उनका बाबु रामबहादुर विकलाई जिल्लास्थित संचारकर्मीले प्रमुख जिल्ला अधिकारी कृष्णा कुमार निरौलाको रोहबरमा हस्तान्तरण गरिएका छन्। प्राप्त रकम बालबालिकाको पढाइमा प्रयोग गर्ने मृतक धनरूपाका पति विकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.