|

मकवानपुर : प्रेम बहादुर थापामगर स्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपमा थापाथली चेस पार्कका सुमित पन्तले आफ्नो अग्रता कायमै राखेका छन्।

पाँचौ चरणको समाप्तिसम्म उनी साँढे ४ अंकका साथ शीर्ष स्थानमा छन्। तेस्रो चरणसम्म लगातार जीत निकालेका सुमित चौथो चरणमा सुनसरीका मणिराज डाँगीसिहत बराबरीमा रोकिएका थिए। पाँचौ चरणमा उनले झापाका राजन सुवेदीलाई हराए। त्यसैगरी काठमाण्डौका नविन तण्डुकार र सुरज पण्डित समान ४ अंकका साथ दोस्रो स्थानमा छन्।

स्वीस लिग प्रणालीअनुसार ७ चरणका खेल हुने चारदिने प्रतियोगितामा उत्कृष्ट ११ जना खेलाडीहरुलाई कुल एक लाख नगद पुरस्कार प्रदान गरिने छ।  जसमध्ये विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ। विजेताले यहि अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.