|

काठमाडौं : मोफसलको प्रतिष्ठीत नकआउट फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको १८औं संस्करणको फाइनलमा विभागिय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्नेको हो ।

च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैया हात पारेको छ । दोस्रो भएको पुलिसले ५ लाख १ हजार रुपैयामा चिक्त बुझायो। जितसँगै मनाङ आहा रारा गोल्डकपमा छैटौं पटक च्याम्पियन बन्ने अबसर पायो ।

आहा राराको नामबाट ६ पटक च्याम्पियन बन्ने मनाङ एक्लो टिम हो । यद्यपि तत्कालीन क्याराभान गोल्डकपलाई मान्ने हो भने पुलिसले पनि ६ पटक यो प्रतियोगिता जितेको छ । आहा राराको नामबाट भने ५ पटक पुलिसले उपाधि हात पारेको छ ।

निर्धारित तथा अक्तिरिक्त समयमा दुवै टोलीबाट गोल सम्भव नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी र सुरज विके र रन्जन विष्टले गोल गरे । मनाङका निशान लिम्बुको पेनाल्टी पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारे । पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे । पुलिसका तेज तामाङ र अजित भण्डारीले गोल गर्न सकेनन् । तेज  र अजितको प्रहार मनाङका गोलरक्षक अशोक बरालले रोके ।

त्यसअघि खेलको ११औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक बरालले शानदार बचाउ गरे । त्यस्तै १९औं मिनेटमा मनाङले मौका चुकायो । कप्तान कमल श्रेष्ठको फ्रिकिकलाई बिमल रानाले हेडिङ गरेको बल अजितले बचाए ।

दोस्रो हाफमा पनि पुलिसले राम्रो प्रदर्शन गर्‍यो । ४९औं मिनेटमा निर कुमार राईको प्रहारलाई मनाङका गोलरक्षकले मुस्किलले बचाए । ६०औं मिनेटमा अन्जन विष्टको ओभरहेड किक पहिलो बारबाट बाहिरिनु मनाङका लागि दुर्भाग्य बन्यो । दुबै टिमले गोलका राम्रा मौका चुकाउँदा खेल पेनल्टी सुटआउटमा पुगेको थियो ।

२२ फागुनबाट शुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएको थियो । क्याराभान गोल्ड कपसहित १९ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम विगतमा जस्तै क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

सर्वोत्कृष्ट बने अजित

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन मनाङका खोलडीले जिते । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको हो ।

उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । अन्य विधागत उत्कृष्टलाई नगद १५–१५ हजार प्रदान गरियो ।

सर्वोत्कृष्ट खेलाडी

अजित भण्डारी (पुलिस)

उत्कृष्ट

गोलकिपर – अशोक बराल (मनाङ)

डिफेन्डर –सुरज विके (मनाङ)

मिडफिल्डर – नितिन थापा (मनाङ)

फरवार्ड – अन्जन विष्ट (मनाङ)

प्रशिक्षक – फुजा टोपे (मनाङ)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.