|

विराटनगर : नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने बताएका छन्।

उनले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था लागु गर्नुको विकल्प नभएको दाबी गरे। बुधबार नयाँ शक्ति नेपाल पार्टी प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको ध्रुविकरण सभालाई सम्बोधन गर्दै नेता भट्टराईले उखान टुक्काको भरमा देश चल्न नसक्ने बताए। 

अहिलेको संविधान त्रुटिपूर्ण रहेको भन्दै नेता भट्टराईले  सबै राजनीतिक दलहरुलाई मान्य हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.