|
फाइल फोटो : उपचारका क्रममा अनिशा

बाँके : नेपालगन्ज उपमहानगरपालिका–१२, खटकनपुर्वाका राजेन्द्र खटिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि यहि माघ ६ गते राति करिब ९ बजे सामान्य विवादमा आफ्नै श्रीमती सुनिता खटिकमाथि मट्टीतेल छर्केर आगो लगाएको अभियोग छ। 

प्रहरीले घटना लगत्तै उनको खोजी गरेको थियो।  उनी बुधबार नेपालगन्ज उपमहानगरपालिका–२०, जमुनहाबाट पक्राउ परे। घाइते श्रीमती सुनिता खटिकको माघ १८ गते मंगलबार राति उपचारकै क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ।

विशेष सुराकीको आधारमा राजेन्द्रलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ।  पक्राउ परेका खटिकको बारेमा अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ। 

राजेन्द्रमाथि २२ वर्षीया अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाई मार्ने प्रयास गरेको अभियोग छ। आगलागीबाट अनिशाको स्तन, मुख र टाउको जलेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.