|
फोटो : Weird World/bbc

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को त्रासले अहिले विश्‍व शुनसान बनको छ। चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको सन्त्रासले विश्वको मुख्य र मानिसहरूको अत्याधिक भिडभाड हुने ठाउँ शून्यप्राय: छन्।

मुस्लिम धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मक्का मदिना मानवविहीन बनेको छ। त्यसैगरी युरोपियन देशहरूका पर्यटकीयस्थलहरू ठप्प छन्। रेलमा यात्रुहरूको संख्यामा उल्लेख्य मात्र घटेको छ। सडक पनि सवारीविहीन बनेका छन्। कोरोनाको त्रासले संसारभरका प्रमुख स्थलहरूमा मानिसहरू देखिन छाडेका छन्। 

पछिल्लो तथ्यांक अनुसार, चीनमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाइरस अहिलेसम्म १५२ वटा मुलुकमा देखा परेको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेको दृष्टिले ४६ वटा मुलुक प्रभावित छन्।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ। १ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचारपछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन्।

आज मात्रै थप २२ जना संक्रमणबाट मृत्यु भएको र सबैभन्दा धेरै १० जना चिनियाँ रहेका छन्। त्यस्तै, ७७१ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा धेरै अमेरिकामा १०२ जना र दक्षिण कोरियामा ७६ जना छन्। 

कोरोना संक्रमणबाट इरानका ५५ वर्षीय सांसद पोतेमेयर रबाकको मृत्यु भएको छ। क्यानडाका प्रधानमन्त्रीको श्रीमती, अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री, इरानका उपराष्ट्रपति र स्वास्थ्यराज्यमन्त्रीमा कोरोना संक्रमण देखिएको छ। यता, मंगोलियका राष्ट्रपति चीन भ्रमणपछि १४ दिनसम्म होम क्‍वारेन्टाइनमा बसेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.