काठमाडौं : भक्तराज रन्जितको संस्मरण कृति 'उक्लिएको मान्छे' एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंको लेखन कुञ्जमा वयोबृद्ध अग्रज पत्रकार भैरव रिसालले कृति लोकार्पण गरेका हुन्। कृति लोकार्पण गर्दै रिसालले रन्जितले जीवनमा भोगेका र देखेका कुरालाई संस्मरणका रूपमा ल्याएको बताउँदै उक्लिएको मान्छेमा वंशावलीसमेत समेटिएकाले कालान्तरमा पुस्तक उपयोगी हुने बताए।
कार्यक्रममा पुस्तकको समीक्षा गर्दै पत्रकार कुमार रन्जितले उक्लिएको लेखकले देखेका भोगेका सबै मान्छेका विषयलाई पनि समेट्न सकेको भए पुस्तक अझै रोचक र ऐतिहासिक हुन सक्ने महसुस गरेको बताए। उनले पुस्तकले लेखकको अनुभव मात्र होइन देखेको समाजको समाजको चित्रण पनि गरेको बताए।
टाइपिष्टबाट जागिर सुरु गरेका भक्तराज रन्जित गोरखापत्र संस्थानको अर्थ प्रमुख हुँदै राष्ट्रिय सहकारी संघको महाप्रवन्धकको अनुभव सम्हालिसकेका छन्। लेखक रन्जितले अन्तराष्ट्रिय गैर सरकारी संस्था बियोन्ड बोर्डस लर्निङ प्रोग्रामको कन्ट्रि डाइरेक्टर हुँदा सम्मका अनुभूति पुस्तकमा समावेश गरेका छन्।
लेखक रन्जितले आद्यात्मवाद र भौतिकवादको संयोजन गरेर जिउन सके जीवन सुन्दर हुने बताए। सोही संयोजनमा भोगिने भोगाई कालान्तरमा इतिहास बन्ने भन्दै सबै मानीस जीवनको एक एक हिस्सा पुस्तक र इतिहास बाँचिरहने भएकाले आफुले भोगेका र देखेका र गरिएका संघर्षहरुको अवतरण पुस्तकमा गरिएको लेखक रन्जितले बताए। काठमाडौंको केन्द्रमा जन्मिएर पनि चरम गरिवी र अभाव भाग्दै जीवनलाई सफल बनाएको अनुभव उनले सुनाए। उनले समाज सेवा गर्नपाउँदा र आफुले शुन्य यात्रा आरम्भ गरि उक्लिएको मान्छेको सफलताको संस्मरणका रुपमा पुस्तक प्रकाशन गरिएको पनि बताए।
टाइपिष्ट सानो जागिरबाट गोरखापत्र संस्थानको अर्थ प्रमुख हुँदै राष्ट्रिय सहकारी संघको महाप्रवन्धक हुँदै, अन्तराष्ट्रिय गैर सरकारी संस्था बियोनड बोर्डस लर्निङ प्रोग्रामको कन्ट्रि डाइरेक्टरका रुपमा कार्यरत रन्जित सामाजिक कार्यमा पनि सक्रिय छन। पुस्तक घोष्टराइटिङ नेपालले प्रकाशन गरेको हो।
कार्यक्रममा कुमार रञ्जित, लेखक तथा अग्रज पत्रकार आदित्यमान श्रेष्ठ, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्य, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठ, नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्चका अध्यक्ष डाक्टर मदनकुमार पिया नेपालभाषा साहित्यकार अमिर मैया रञ्जित साहित्यकार जितेन्द्र रसिक लगायतको उपस्थिति थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।