|

इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले कोरोना संक्रमणबाट प्रभावित देशका बालबालिकाको सहयोगका लागि अक्षय कोष बनाउने भएका छन्।

आफ्नो जन्मदिनको अवसर पारेर फ्रान्सेली फुटबलर पोग्बाले ‘कोभिड नाइन्टिनविरुद्धको लगाईका लागि सहयोग’ शीर्षकमा अक्षयकोष निर्माण गरेका हुन्। पोग्बा हिजोदेखि २७ वर्षमा लागेका छन्। उनले यसरी जम्मा भएको कोषको पैसा युनिसेफ मार्फत् बालबालिकालाई सहयोग गर्ने जनाएका छन्।

पोग्बाले आफूले स्थापना गरेको कोषमा हरेक दिन २७ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख ५३ हजार रुपैयाँ थपिँदै जाने विश्वास लिएका छन्।

उनले स्थापना गरेको अक्षय कोषबाट स्वास्थ्यकर्मीहरुका लागि पञ्जा, मास्क तथा चस्मालगायतका सामग्री पनि खरिद गरिने उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.