|

काठमाडौं : भारतका वित्तमन्त्री अरुण जेट्लीले कृषि उत्पादन र अन्य केही क्षेत्रलाई सम्भव हुनेजति सहुलियत दिँदै आगामी वर्षको बजेट सार्वजनिक गरेका छन्। २ सय १४ खर्ब ७० अर्ब रुपैयाँको बजेटले नेपाली अर्थतन्त्रमा मुख्यगरी आयात निर्यातलाई प्रभाव पार्नेगरी र अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिस्पर्धी क्षमता घटाउने सम्भावना बढ्ने अनुमान छ।

बजेटमा रेललाई विशेष प्राथमिकतामा राखिएको छ। भारतले पछिल्लोपटक नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेश र विहारमा रेलवेको विकासलाई तीब्रता दिएको छ। ती रेल नेपालसँग जोड्ने भारतको योजना छ।

रेलवे र सडक निर्माणको घोषणाबाट नेपालले समेत फाइदा लिनसक्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए । नेपाल उद्योग वाणिज्य  संघका निर्देशक केपी पाण्डे भारतको बजेटले त्यहाँको अर्थबजार अझ सशक्त बनाउने र त्यसले नेपालको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पधी क्षमता अझ कमजोर पार्ने आँकलन गर्छन्।

भारतले कृषकलाई लक्षित गरी कार्यक्रम ल्याउँदा त्यसले नेपालका किसानलाई प्रत्यक्ष असर गर्छ। भारतले कृषिक्षेत्रमा लिएको नीति अध्ययन गरेर नेपालले त्यहीअनुसार नीति बनाउनुपर्ने जानकारहरूको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.