|

  • नमिन ढकाल

इलाम : जिल्लाभरका गाविससचिव विभिन्न माग राखी आन्दोलनमा उत्रिएका बेला एकतप्पाका सचिव निर्मल तिमल्सिना सरकारी बजेट दुरुपयोग गर्दै घुमघाममा व्यस्त छन्।

गाविसको पैसामा घुमफिर गर्ने उनी एक्लैमात्रै छैनन्, राजनीतिक दलका स्थानीय प्रतिनिधि र गाविसका अन्य कर्मचारीसमेतको जम्बो टोली छ। गाउँ परिषद्बाट कृषिको विकासमा लागि छुट्याइएको पाँच लाख रुपैयाँबाट भ्रमणमा गएको स्थानीय बासिन्दाको आरोप छ।

गाविस सचिव तिमल्सिनासहित कांग्रेसका एकतप्पा गाउँ कार्यसमिति सभापति डिकबहादुुर थापा, सचिव रामजी कोइराला, एमाले गाउँ कार्य समिति सचिव टंक खनाल गाविसको रकम लिएर भ्रमणमा निस्केका हुन्। 

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी इलामका जिल्लाअध्यक्ष प्रकाश परियार, एमालेनिकट अनेरास्ववियुुका जिल्ला सदस्य विप्लव थापा, इलामका होटल व्यवसायी विमल पौडेल, राजनीतिकर्मी दिलबहादुर लिम्वू, एमालेबाट प्रतिनिधित्व गर्दै सुुनीता खनाल, ममता खनाल, गाविसका सहयोगी लगायत ३८ जना भ्रमणमा सामेल छन् । 

उनीहरू गत माघ १३ गते इलामबाट विभिन्न जिल्लाको भ्रमणका लागि भन्दै हिँडेका हुन्। गाविस सचिव लगायत कर्मचारी कार्यालयमा नहुँदा सेवाग्राही कार्यालयमा आए पनि रित्तै फर्किने गरेका छन्। सेवा नपाएर आक्रोशित बनेका स्थानीय बासिन्दा तथा सेवाग्राहीले गाविसको कार्यालयमा बुुधबार ताला लगाएका छन्। गाविसमा काम नभएपछि तालाबन्दी गरेको स्थानीय पञ्च योङ्हाङले जानकारी दिए। 

यस विषयमा गाविस सचिव तिमल्सिनासँग बुझ्दा कृषि क्षेत्र विकास समितिमार्फत भ्रमणमा हिँडेको  जानकारी दिए। उनले भने –‘गाविस परिषदबाट कृषि क्षेत्रको विकासमा नै रकम छुुट्टिएको हो, यस विषयमा मैले राजनीतिक दलका प्रतिनिधिलाई भेला गराउँदा उहाँहरूबाटै प्रस्ताव आएको हो।’ 

कृषि क्षेत्रको अवलोकनका लागि भ्रमणमा गएको गाविस सचिव तिमल्सिनाको भनाइ छ । भ्रमणका लागि प्रत्येक व्यक्तिबाट ५\५ हजार रुपैयाँ उठाएको जानकारी दिए। यता स्थानीय सुुमन दियालीले भने गाविसको रकममा भ्रमण जाने विषयमा विरोध भएपछि नाममात्रको पैसा उठाएको बताए। तिमल्सिनाको टोली फर्किएपछि अनुसन्धानको दायरामा ल्याउनुपर्ने स्थानीयको भनाइ छ।

(तस्विर– गाविस सचिव तिमल्सिनाको फेसबुकबाट) 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.