|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएपछि वसन्त कुमार नेम्वाङ यतिखेर काठमाडौंलगायत देशभरका मूख्य सडकको मुहार फेर्ने अभियानमा छन्‌। सडकका खाडल पुर्नेदेखि प्रमुख सडक र राजमार्गमा नयाँ कालाेपत्रे राख्ने काम धमाधम भइरहेको छ। 

भताभुङ्ग र भद्रगोल सडक देख्दादेख्दै पनि लामो समयसम्म मनमग्न रहेका उपत्यकाका महानगरपालिका र नगरपालिकाका कर्मचारी एवम्‌ जनप्रतिनिधिहरूलाई पनि यतिखेर नेम्बाङको कामले जबर्जस्ती सडक मर्मतमा तानेजस्तो देखिएको छ। सडक विभागअन्तर्गत पर्ने मूख्य सडक चिल्ला हुने, तर पालिकाको जिम्मेवारीमा रहेका सडक आवागमनयोग्य नै नरहेपछि नगरपालिकाहरू पनि यतिखेर सडक मर्मत र सुधार गर्ने काममा लागेका छन्‌।

काठमाडौं महानगरपालिकाले केही समययता जताततै बाटो पिच गर्ने काम गर्दै आएको छ। सडक विभागले पनि दिउँसोको समयमा आवतजावतमा असर पर्ने भएकाले रातको समयमा काठमाडौंका विभिन्न सडकमा कालोपत्रे (पीच) गर्दै आएको छ।

उपत्यकाका विभिन्न पुराना सडकमा अहिले धमाधम पीच गर्ने काम भइरहेको छ। सडकमा रहेका खाल्डाखुल्डी पनि धमाधम पुरिँदैछ।

धुम्बराही, सिनामंगल, तिनकुने, भद्रकाली, सोर्ह खुट्टे ठमेलका भित्री गल्लीहरुमा महानगरले धमाधम कालोपत्रे गरिरहेको छ। लामो समयसम्म रोकिएको कालोपत्रे गर्ने काम फेरि शुरू हुँदा राजधानीवासीले राहतको महशुस गरिरहेका छन्‌। भौतिकमन्त्री नेम्बाङको पहलमा उपत्यकाका सडकले काँचुली फेर्न थालेपछि मानिसहरूले भन्न थालेका छन्‌, 'एउटा मानिसले असल काम गर्दा कति धेरै परिवर्तन हुँदोरहेछ...'

काठमाडौंका विभिन्न स्थानमा कालोपत्रे गरिएपछि तयार भएका सडकका तस्बिरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.