‘एमसिसी अध्ययन कार्यदलको प्रतिवेदन हेर्न पाएको छैन’

|
फाइल फोटो

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम राष्टियसभाको सदस्य हुने दाबी गरेका छन्। 

बुधबार कपिलवस्तुको बुद्धस्थल निग्रोधारामा सञ्चारकर्मीसँगको कुराकानीको क्रममा गौतम राष्ट्रियसभा सदस्य हुने जिकिर गरेका हुन्। 

‘राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई लाने पार्टीको सचिवालयले निर्णय गरिसकेको छ’ उनले भने, ‘पार्टी सचिवालयले गरिसकेको निर्णय भएको हुनाले अब त्यस बिषयमा थप बहस गर्नुको औचित्य हुदैन।’ 

पार्टीको सचिवालयमा सर्वसहमत भएको निर्णय अनिवार्य रुपमा कार्यान्वयन गराउनुपर्ने उनको धारणा छ। ‘सचिवालयले उपाध्यक्ष गौतमलाई बनाउने निर्णय गरेको छ। पार्टीको सचिवालयले सर्वसम्मत गरेको निर्णय कार्यान्वयन नहुने भन्ने कुरै हुदैन’ उनले थपे। 

पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको भएपनि प्रधानमन्त्री ओलीले फरक मत राखेपछि पार्टीभित्र विवाद भइरहेको छ।

प्रधानमन्त्री ओलीले राष्टियसभामा अर्थमन्त्री युवराज खतिवडालाई नै दोहो¥याउने पक्षमा छन्। प्रधानमन्त्री ओलीले पनि पार्टी सचिवालयले गरेको निर्णय मान्नुपर्ने जिकिर गरे। 

कार्यदलको प्रतिवेदन भेटिएको छैन

पार्टीभित्र चर्को विवाद भइरहेको अमेरिकी परियोजना एमसिसीबारे अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अझै पनि आफूहरुको हातमा नपरेकोसमेत उनले जानकारी दिए।

‘कार्यदलले प्रतिवेदन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको भन्ने सुनेको हो। तर, हामीले कार्यदलले बुझाएको प्रतिवेदन भेटेका छइनौँ’, उनले भने। 

पार्टीभित्र तत्कालै छलफल गरेर कार्यदल अध्ययन गरेको प्रतिवेदनको आधारमा एमसिसीको बिषय तत्तकालै टुङ्गाउनुपर्नेमा जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.