|

यतिबेला छताछुल्ल भएको छ देशको राजनीति। भारतीय राजदूतका अमर्यादित गतिविधिबाट आक्रान्त भएको छ मुलुक। २००७ सालका भारतीय राजदूत सी.पी.एन. सिंहको पुनर्जन्म भएको छ यतिबेला। यता नेपालका गोठालाहरुको पनि हुर्मत सकिइसकेछ। सिधै लैनचौर जाने, भारतीय राजदूतको आदेश लिने र विज्ञप्ती मार्फत भाका फेर्ने। बितेको एक महिनाको परिदृष्य हो यो। पाठक र जानकारहरु आगो भएका छन् भारतीय राजदूतसँग। म भने भारतीय राजदूतलाई त्यो हदसम्म गएर सराप्न तयार छैन। सराप्नु पर्ने भनेका त, दिल्लीको आदेशमा नेपाली संसदको एजेण्डा तयार गर्ने नेपाली अनुहारका लम्पसारवादीहरु, भारतीय सञ्चार माध्यमले संवोधन गर्ने गरेका ‘भारतीय मूल के मधेसियों’हरु, राष्ट्रियताको मुद्दामा सधैं राजा महेन्द्रको अनुहार देख्ने सम्भ्रान्तहरु सरापिनु पर्ने मानिस हुन्। व्यक्ति र परिस्थितिको विश्लेषण गरेर भन्ने हो अहिले ‘भारतीय मूल के मधेशियों’ भन्दा पहाडे अनुहार भएका सम्भ्रान्तहरु बढी दक्षिणमुखी भएका छन्। बीस वर्षअघि महाकाली सन्धी संसदबाट पारीत गराएकोमा अहिले गर्व गर्ने, तर त्यसको कार्यान्वयन नभएको बारेमा भारतसँग सोध्न पनि नसक्ने अनुहार ‘भारतीय मूल के मधेशी’को होइन, त्यो खाँट्टी नेपाली ठकुरी बाउसाहेबको हो। भारतको एजेण्डालाई गजक्क काँधमा हालेर ‘हाम्रो जनयुद्धलाई सघाउने राष्ट्रका विरुद्ध हामी कुनै गतिविधि गर्ने छैनौं’ भनी तमसुक गर्ने अनुहार पनि ठेठ पहाडिया नै हो । 

‘म नेपाली बोल्न जान्दिन, म मैथिली, हिन्दी र अङ्ग्रेजी मात्र बोल्न सक्छु, तर म एउटा नेपाली हुँ। यो सत्यलाई म कहिल्यै बिर्सन सक्दिन’ भनेर आफ्नो समग्र जानकारी दिने आदित्य झाहरु पनि भारतको आँखामा अविश्वसनीय नै हुन्छन्। पहाडी जनसङ्ख्याको त कुरौ छाडौं, मधेसी जनसङ्ख्याको पनि तीन चौथाइ हिस्सालाई विश्वास गर्दैन दिल्लीले। बुटवलमा लुम्बिनी विभाजनको विरुद्ध जनसागर ओर्लिनु र मिथिला प्रदेश ढुक्कले निदाएको दृष्य देखेपछि भारतीय राजदूतको रक्तचाप बढेको राजनीतिक वृत्तमा चर्चा भएकै हो। 

निराश छन् पवित्र नेपाली मनहरु। कहिल्यै कसैको दास हुनु नपरेको जीन अहिले त्रस्त छ। त्यो पराधिन आतङ्कको छायाँमा थुरथुर कामिरहेको छ। विश्वको इतिहासमा नेताको अयोग्यता र लोभका कारण ठूला ठूला नोक्सानदायी परिणाम भएको हामीले पढेका पनि छौं। पूँजीवाद युद्धको श्रोत हो भन्ने पनि हामीलाई थाहा छ। यही यथार्थको पीडाले सताएको छ सबै नेपाली मनलाई। यतिबेला जताततै ‘सिक्किमीकरण’ विशेषण सुनिन्छ। भैहाल्यो, भैहाल्यो, नेपाल सिक्किम भैहाल्योको हाहाकार उत्पन्न भएको छ। 

यति हताश हुने अवस्था छ र ? मलाई त्यस्तो लाग्दैन। यो कुनै अनुमान या कल्पनाको बोली होइन। केही ठोस कारण छन् नेपाल सिक्किमीकरण नहुने विषयमा। नेपाललाई भारतले निल्न नसक्ने विषयमा।

पहिलो हो, नेपाली जातिप्रति दिल्लीको स्थायी अविश्वास। यो नेपाली जाति भन्ने कुरो पहाडको सन्दर्भमा मात्र होइन। यो पङ्तिमा छन्, तराई मधेशका आदिवासी थारुहरु, अहिले ‘बिहारीले हाम्रो हक खोसे’ भनेर नागरिकताको सन्दर्भमा बोलिरहेका नेपाली मधेसीहरु। ‘म नेपाली बोल्न जान्दिन, म मैथिली, हिन्दी र अङ्ग्रेजी मात्र बोल्न सक्छु, तर म एउटा नेपाली हुँ। यो सत्यलाई म कहिल्यै बिर्सन सक्दिन’ भनेर आफ्नो समग्र जानकारी दिने आदित्य झाहरु पनि भारतको आँखामा अविश्वसनीय नै हुन्छन्। पहाडी जनसङ्ख्याको त कुरौ छाडौं, मधेसी जनसङ्ख्याको पनि तीन चौथाइ हिस्सालाई विश्वास गर्दैन दिल्लीले। बुटवलमा लुम्बिनी विभाजनको विरुद्ध जनसागर ओर्लिनु र मिथिला प्रदेश ढुक्कले निदाएको दृष्य देखेपछि भारतीय राजदूतको रक्तचाप बढेको राजनीतिक वृत्तमा चर्चा भएकै हो। 

दिल्लीको यो अविश्वासलाई भारतीय नेपाली वुद्धिजिवीले सही ढङ्गमा बुझेका छन्। शिलोङका प्राध्यापकले भनेका थिए– दिल्ली कहिल्यै नेपालीलाई आफ्नो ठान्दैन। हामी यहाँ पाँच पुस्तादेखि बसोबास गरिरहेका छौं। यो शिलोङ सहर हाम्रै नेपाली पुर्खाले निर्माण गरेका हुन्। तर दिल्ली, बाङ्लादेशको जन्मपछि यता आएका शरणार्थीलाई आफ्नो ठान्छ। भारतमा मारवाडी या बङ्गालीले गल्ती गर्‍यो भने त्यो व्यक्तिगत हुन्छ। तर एउटा नेपालीले गल्ती गर्‍यो भने त्यो सिङ्गो समुदायसँग जोडिन्छ।’

दिल्ली नेपालसँग डराउँछ भन्न त मिल्दैन, तर नेपालले दिल्लीलाई कहिल्यै विश्वास गर्दैन भन्ने उसलाई थाहा छ। यसैकारण दिल्लीले कर्णाली पारीको दश महिनामा सकिने पूर्वपश्चिम राजमार्गको भागलाई बन्न नदिन ज्यानसक्तो कोशिस गर्‍यो। दश वर्ष लाग्यो त्यो सानो टुक्रो पूर्वसँग जोडिन। नेपालको राजमार्ग मेची–महाकाली भएपछि दार्जिलिङ र देहरादुनको दूरी स्वात्तै घट्यो।

अर्थात सामान्य अवस्थामा पनि नेपाली जाति दिल्लीको आँखामा पराइ नै भैरहेको हुन्छ। यो पराइपनाको गुम्सिएको पिडा कुन दिन विस्फोट हुने हो भन्नेमा दिल्लीका अनुसन्धानकर्मीहरु दिमाग केलाइरहेका छन्।

अहिले गोर्खाल्याण्डले दिल्लीको घाँटीमा घण्टी बाँधेको छ। कहिले के, कहिले के दिन्छु भनेर फकाउने गरेको छ दिल्लीले। तर दार्जिलिङबासीले अधिकारप्राप्तीको लडार्इं छोडेका छैनन्। दिल्लीले जति झुक्याए पनि सन १९५० मा ठोसिएको आगो हराउँदै, निस्कदै अहिलेसम्म बलिरहेको छ। भारतमा राज्यहरु टुक्रिने र थपिने परिदृष्य अहिले पनि जारी छ। यस्तो अवस्थामा दार्जिलिङको आन्दोलन अब कहिल्यै मर्ने छैन। 

दिल्ली नेपालसँग डराउँछ भन्न त मिल्दैन, तर नेपालले दिल्लीलाई कहिल्यै विश्वास गर्दैन भन्ने उसलाई थाहा छ। यसैकारण दिल्लीले कर्णाली पारीको दश महिनामा सकिने पूर्वपश्चिम राजमार्गको भागलाई बन्न नदिन ज्यानसक्तो कोशिस गर्‍यो। दश वर्ष लाग्यो त्यो सानो टुक्रो पूर्वसँग जोडिन। नेपालको राजमार्ग मेची–महाकाली भएपछि दार्जिलिङ र देहरादुनको दूरी स्वात्तै घट्यो।

दिल्लीका लागि सिङ्गो नेपाली जाति कचकचे, विश्वास गर्न नसकिने, दुई जिभ्रे (यी विशेषण इन्दिरा गान्धीदेखिका भारतका मन्त्रीहरुले नेपालीलाई दिएका उपहार हुन्) समुदाय हो। नेपाली जातिको कुनै ठेगान हुँदैन– यो दिल्लीको मानसिकता हो। आपसी ‘रंजीस’ जत्ति चर्को भए पनि विदेशीले आँखा तर्ने बित्तिकै एकजूट हुने जात भनेको गोर्खाली नै हो– यो दिल्लीको त्रास हो।

यो त्रास र अविश्वासको कारण हामीले खोज्ने होइन। कुनै दिन दिल्लीले नै यसको कारण खोज्ला। तर अहिले कुन कुरो ढुक्कसँग भन्न सकिन्छ भने, हामीलाई जति दुःख दिए पनि आसामदेखि हिमाञ्चल प्रदेशसम्मको संवेदनशील सीमानामा अविश्वसनीय, दुई जिभ्रे, झगडिया भनी आफूले चिनारी दिएका नेपालीहरुको टुक्रे नै सही, राज्य बन्ने कुरो दिल्लीले मान्न सक्दैन। उसै त आन्तरिक द्वन्द्वमा फँसेको, भन्नाले उत्तरको कश्मिर, पूर्वोत्तरको नागाल्याण्ड, मिजोरम, मणिपुरजस्ता ससाना राज्यले दिल्लीको टुप्पी तानिरहेको समयमा नेपालजस्तो आत्माभिमानी राज्यमाथि हमला गरेर उ दुनियाको सबैभन्दा शक्तिशालि चीनलाई चिढ्याउन चाहँदैन। हेर्दै जानुहोला, दिल्लीले अहिलेको दुई नम्बर प्रदेशलाई सजिलो गरी बसी खान दिँदैन। आफूले धनधान्यले परिपूर्ण गराएर पालेका ‘भारतीय मधेशियों’ को औकात देखेपछि उसले थाहा पाएको हुनुपर्छ– अहिले आफूले पालेका निकम्मा गोठालाका कारण पहाडको त कुरै छाडौं तराईमा पनि भारतको प्रभाव कमजोर हुन थालेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • एक मित्र आचार्यले मलाई पठाएको प्रदीप नेपालज््यूको आजको (2017 )बिचार र December 5,1992 मा Business Express, नेपाल कै भूतपूर्व प्र म गिरिजा प्रसाद कोइरालाको ःभनाइ मा बिशेष अमेल रहेको दृष्ट छ। गिरीजा। ज्यूलाई "भारतीय र नेपाली" को पार्थक्य crystal clear थियो,प्रदीप नेपालज्यू कन्फ्यूजनात्मक घेराबन्दी बाट बाहिर निक्लनु सकिरहेका छैनन्। गोरखाल्याण्डको सवाल त हाम्रो हो ,यो हाम्रो देश भित्रको मामिलामा हो।हामी भारतीय गोरखाभाषी हौं,नेपाली होइनौं। तर एउटा पक्ष चैं के स्पष्ट देख्छु भने हामी भारतीय नागरिक भईसकेका गोरखाभाषीहरूलाई नेपाली भन्नु त गलत हो।के नेपालका नागरिक भई बसेका मुस्लमान वा बंगालीहरूलाई क्रमानुसार ाबांगलादेशी मुसलमान भन्ने?फेरी नेपाल कै संबिधानले नेपालका सबै पहाडेर मदिसेलाई नेपाली नागरिक ठहर गर्छ भने नेपालज्यूले आफूलाई चैं नेपाली मान्ने तर त्यही देशको नागरिक अन्य भाषाभाषीलाई नेपाली क़बूल गर्न ोनचाहनुमा नेपालले के गर्न खोजेको भन्ने प्श्न उठदैन कसरी भन्ने?त के प्रदीप नेपाल को भनाई मा प्रचण्डज्यूलाई चैं नेपाली ,तर डा राम बरण यादव चैं अनेपाली हुने हो भने त नेपालले भने प्रचण्डज्यूलाई मात्रै नेपाली तर नेपालकै राष्ट्रपति भईसकेका डा रामबरण यादव जुलाई चैं नेपाली नभन्ने? भारतमा नेपालबाट १९५० को सन्धीको धारा ६र७मार्फत आएका नेपालीहरू लाई हामा त नेपाली नै भन्छौं।कतै नेपालज्यूले पार्सपरिक नेपालीलाई त भारतीय ठान्नु भएको छैन? यो मूल तथ्यबारे स्पष्ट नभई गोरखाल्याण्ड आन्दोलन बारे बुझ्ने कसरी?अत भारतीय गोरखाभाषीहरूलाई नेपाली भन्दा सबैलाई ख़ति छ।हामीले नेपालको तराइ का मदिसेहरूलाई भारतीय भनेका छैनौं।