कालिकोट : जिल्ला भर्ता गाबिस–८ पोरीपाल्नी गाउँकी २२ बर्षिया हासिल्ला सुनार बिक बुधबार दिउँसो कर्णाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। दाउरा लिन घरबाट निस्किएकी बिक कर्णालीमा नदीमा हाम फोलेकी बेपत्ता भएकी बेपत्ता दाजु जवानसिंह सुनारले बताए।
नदी फाम फालेर बेपत्ता भएकी बिकको खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
बिकका घरमा एक छोरा र एक छोरी रहेका छन्। उनका पति तप्तबहादुर बिक रोजगारीको सिलसिलामा भारतको मुम्बईमा रहेको आफन्तहरुले जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।