|

काठमाडौं :  ऋतुराज पाख्रिन नेपालमा निर्माण हुने तामाङ फिल्मका कथाकार हुन्। उनले ३४ वटा तामाङ र ३ वटा नेपाली गरी ३७ वटा फिल्मका कथा लेखेका छन्। अभिनयबाट फिल्म क्षेत्रमा प्रवेश गरेका ऋतुराज तामाङ फिल्ममा अहिले सबैभन्दा धेरै खोजिने कथाकारमा पर्छन्। उनले लेखेका म्लाङ प्वाहार, रानी, ए विना ङा सो आखम आदि फिल्म व्यवसायिक रुपमा पनि सफल भएका छन्।

राम्रो कथाको राम्रै पारिश्रमिक लिने बताउने ऋतुराज भन्छन् 'एउटा राम्रो कथा लेख्न १ देखि डेढ महिनासम्म लाग्छ, त्यसबापत चित्त बुझ्दो पारिश्रमिक लिन्छु।' समसामयिक र वास्तबिक जीवनमा आधारित कथा लेख्न रुचाउने ऋतुराज १० बर्षदेखि निरन्तर कथा लेखनमा सक्रिय छन्। उनी आफूले लेखेको कथामा माया प्रेमलाई जोड्न मन पराउँछन्। 

ए बिना ङा सो आखम, धोसिला जुनिरी, गान्बा, पेमा दोर्जे, छामो, रानी, म्लाङ्ग प्वाँहार,सेम्ला राप जस्ता तामाङ फिल्ममा कथा दिएका ऋतुराज तामाङ फिल्म लेख्न नेपाली फिल्म लेख्न भन्दा गाह्रो हुने बताउँछन्। उनी भन्छन्  'तमाङ फिल्मको भाषा तथा संस्कृति फरक हुने भएकाले यसको कथा लेखनमा गाह्रो हुन्छ।'  ऋतुराजले लेखेका नेपाली फिल्म सूर्यकिरण र आशाको दिप अहिले सुटिङको क्रममा छन्। पछिल्लो समयमा प्रर्दशनको तयारीमा रहेका तमाङ फिल्म बुम्बा र सेम ताबा म्ही को कथाकार पनि उनै हुन्। 

ऋतुराज तामाङ फिल्मको कथाकारमात्र नभई सफल अभिनेता हुन्। ऋतुराज पाख्रिनले ए बिना ङा सो आखम, कर्म, पालो, शक्तिशाली, धोसिला जुनिरी जस्ता फिल्ममा अभिनय पनि गरेका छन्। बुम्बा र सेम ताबा म्ही उनले अभिनय गरेको फिल्म केही समयपछि प्रदर्शनमा आउँदैछ। 

ऋतुराज पाख्रिनले केही तामाङ गीत पनि लेखेका छन्। बजार विस्तरको हिसाबमा नेपाली भाषी पछिको सफल फिल्म हुन् तमाङ फिल्म। तमाङ फिल्म एक बर्षमा ५ देखि ७ ओटासम्म बन्ने र अहिलेसम्म चलचित्र बिकास बोर्डमा दर्ता १०६ वटा दर्ता भएको छ।

तामाङ फिल्म हेर्ने दर्शक नेपाली फिल्म हेर्ने भन्दा केही मात्रमा कम छन्। तर फिल्ममा कमै लगानी हुने भएकाले उक्त लगानी उठाउन गाह्रो नहुने ऋतुराजको बुझाइ छ। उनी भन्छन् 'नेपाली फिल्मको जस्तो ठूलो बजेट लाग्दैन तमाङ फिल्म बनाउदा त्यसैले बिभिन्न ठाउँमा गरेको च्यारिटी शो बाट नै लगानी उठ्छ।'

अहिले बजारमा चर्चित बन्दै गएको ऋतुराज अभिनित तामाङ फिल्म सेम ताबा म्ही तमाङ फिल्मको इतिहासमा सबै भन्दा महङ्गो बजेटमा निर्माण भएको फिल्म हो। उक्त फिल्मको कथा समेत ऋतुराज पाख्रिनले लेखेका छन्। सेम ताबा म्हीको निर्देशन राजकुमार मोक्तानले गरेका छन्। यो फिल्मलाई देश तथा बिदेश सबै तिर प्रदर्शन गर्ने लक्ष रहेको फिल्मका कथाकार तथा अभिनेता ऋतुराज पाख्रिनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Hereby I would like to say that he is not only Story n script writer but he is also an Actor who can give his performance as Story or Director need so I and my Producer gave him as a Lead Actor in my "सेम ताबा म्ही". Also I do respect him as a Story n Script Writer too. He is very punctual n honest too. Also I would like to thanks him for his great n Kind cooperation too as far as wish for his Bright future n all the best.