|

दमक : विश्व खाद्य कार्यक्रमले रासनको कटौती गरेपछि एघारदेखि रासन नपाएर भोक–भोकै बसेका भुटानी शरणार्थीले बिहीबार रासन पाएका छन्।

जनवरी २३ तारेखदेखि रासन कटौती गरेपछि शिविर ब्यवस्थापन समितिले आन्दोलन गरेसंगै बेल्डाँगी शिविरमा रहेका रहेका करिब ८ हजार शरणार्थीहरु एघार दिनदेखि रासन पाएका थिएनन्। क्याम्प ब्यवस्थापन समिति र शरणार्थी समन्वयन इकाई समितिको पटक–पटक बसेको वार्ताले कटौती भएको रासन डेढ महिना भित्रमा उपलब्ध गराउने भनेपछि क्याम्प ब्यवस्थापन समितिले बिहीबारदेखि रासन बाँड्न सुरु गरेको हो।

बुधबार अबेरसम्म बसेको वैठकमा झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले डेढ महिना भित्रमा कटौती रासनको विकल्प खोज्ने सहमति जनाएपछि बिहीबार भुटानी शरणार्थी शिविर वेलडाँगीमा चामल वितरण शुरु गरिएको हो।

बैठकले  डेढ महिनाभित्रमा हाल कटौती गरिएको रासनको विषयमा नेपाल सरकारले निर्णय दिने भन्ने सहमतिसँगै रासन वितरण गरिएको शिविर सचिव सन्चहाङ सुव्बाले बताए। रासन कटौतीको विषयलाई लिएर शिविर व्यवस्थापन समितिले विगत ११ दिन देखि राशन बाँडेका थिएनन्। शिविरमा विश्व खाद्य कार्यक्रमले शिविर व्यवस्थापन समितिको सहयोगमा रासन बाँड्दै आएको थियो।

वितरण कार्यमा शिविर व्यवस्थापन समितिले आफूहरुलाई कटौती गरेको रासनको विकल्पको माग गर्दै वितरणमा स्वयम् सेवक कार्यमा असहयोग गरेका थिए।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले १ देखि डेढ महिनाभित्रमा नेपाल सरकारले यो समस्याको विषयमा केही समाधानको विकल्प ल्याउन सक्ने बताए। शिविर सचिव सुब्बाका अनुसार आफूहरुले नेपाल सरकारको जिम्मेवार व्यक्तिको अभिव्यक्तिलाई स्वीकार गर्दै तोकिएको समयसम्म आफूहरुले स्वयम् सेवक कार्य सुचारु गरेको बताए।

११ दिन अघि देखि शिविरमा शरणार्थी दातृ निकायले वितरण गर्दै आएको प्रति व्यक्ति प्रति दिन दिने २० ग्राम तेल र ६० ग्राम दाल कटौती गरिएको थियो। चामल भने सहमतिमा कटौती गरिएको छैन। उनीहरुले  २८ दिनका लागि कटौती भएपछि ५ किलो ६ सय ग्राम मात्र चामल प्राप्त गर्ने भनिए पनि यस अघि उनीहरुले पाउदै गरेका २८ दिनका लागि प्रति ब्यक्ति ९ किलो ३ सय ८० ग्राम चामलनै  प्राप्त गर्ने सचिव सुब्बाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.