|

विश्वभर कोरोना भाइरसको त्रासका कारण सबै प्रकारका खेलहरु स्थगित भइरहेका बेला जापानमा यसै वर्ष हुने ओलम्पिकबारे भने अन्योल छ।

ओलम्पिक तालिका फेरबदल गरोस् भन्ने विश्वव्यापी चाहना रहे पनि जापानले निर्णय लिन नसक्दा आलोचनासमेत बढ्दै गएको छ। यसैहप्ता ग्रिसबाट ओलम्पिक टर्च जापान पुगिसकेको छ। जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले यसबारे उचित निर्णय लिने बताए पनि अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन्‌।

यसैबीच बेलायतको एथ्लेटिक्स संघका अध्यक्ष निक कोवार्डले ओलम्पिकको मिति सार्न सुझाव दिएका छन्‌। उनले विश्वभरका सबै खेलकुद कार्यक्रमहरु स्थगित भइरहेका बेला जापानले पनि ओलम्पिक खेलको तालिका सार्नुपर्ने र बेलैमा यसबारे निर्णय लिनुपर्ने सुझाव दिएका हुन्‌।

उनले ओलम्पिक प्रतियोगिताको तयारी गरिरहेका देशहरुले समेत तयारी बन्द गरिरहेका बेला जापानले यसबारे निर्णय नलिनु गैरजिम्मेवारी भएको आरोपसमेत लगाएका छन्‌। जापानमा यसै वर्षको जुलाई २४ मा शुरू गरी अगस्ट ९ मा ओलम्पिक खेल सम्पन्न गर्ने तालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.