सुर्खेतमा बसले अटोलाई ठक्कर दिँदा ४ घाइते

|

उदयपुर : उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गतको चुहाडे–गाईघाट सडकखण्डको त्रियुगा नगरपालिका ९ झिल्केचौकमा एम्बुलेन्सले ठक्कर दिँदा सोही ठाउँका ६२ वर्षिय तिलक दनुवारको शुक्रबार साँझ उपचारको क्रममा जिल्ला हस्पिटल उदयपुरमा मृत्यु भएको थियो।

अर्का गम्भीर घाईते रोशन दनुवारको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिए।

एसपी बुढामगरका अनुसार चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको ऐम्बुलेन्सले शुक्रबार साँझ रोकिराखेको स४प १६६२ र १६प७९२३ नम्बरको मोटरसाइकलसंगै छेउमा बसिरहेका तीन जनालाई ठक्कर दिएको थियो।

अर्का घाईते राजकुमार दनुवारको  न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ

त्यस्तै ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री प्रहरीको नियन्त्रणमा लिएर घटनाका बारे अुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ठक्करबाट दुवै मोटरसाईकलसमेत पूर्ण क्षति भएको छ।

त्यसैगरी सुर्खेतमा बसले अटोलाई ठक्कर दिँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। वीरेन्द्रनगर नगरपालिका ४ हटलाईन सडकको प्रदेश अस्पताल दक्षिण गेटनजिकै अटो रिक्सालाई बसले ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक उदयसिंह सिजापतिले जानकारी दिए।

ट्राफिक प्रमुख सिजापतिका अनुसार भे१ह ३७२० नम्बरको अटोलाई ना ३ ख ६८२३ नम्बरको बसले ठक्कर दिएको हो।

अटोमा सवार बर्दिया बाँसगढी नगरपालिका ५ बस्ने २१ बर्षीया नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक घाइते भएका छन् । घाईते नन्दाको अवस्था भने गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिजापतिले जानकारी दिए । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ। गम्भिर घाईते एकजनाको नेपालगंज रिफर गर्ने तयारी भईरहेको सिजापतिले जनाए। बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.