उच्च सतर्कता अपनाउन अपिल

|

काठमाडौं : गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले विश्वभर महामारीको रुप लिएको नोभल कोरोना भाइरससँग जोगिन उच्च सतर्ककता अपनाउन अपिल गरेको छ। 

गोरखा सैनिकका बहालवाला र भूतपूर्व कर्मचारी रहेका सिंगापुर, बेलायत, हङकङ र ब्रुनईसहितमा कोरोना भाइरस फैलिएपछि गेसोले यस्तो आग्रह गरेको हो।

गेसोका केन्द्रीय अध्यक्ष कृष्णकुमार राईले शनिवार एक अपिल जारी गर्दै औषधिसमेत पत्ता नलागेको अवस्थामा देशविदेशका गोरखा सैनिक र अन्य नेपालीलाई बढी भन्दा बढी सतर्क रहन भनेका हुन्। 

‘विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसले विश्वलाई खतरामा पारेको सन्देश दिइसकेको छ’, राईले भनेका छन्, ‘यो भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतरा रहेको कुरा विकसित देशकै विज्ञहरुले बोलिसकेको अवस्थामा तपाईँ हामीसँग सतर्कता अपनाउने बाहेक अर्को विकल्प छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.