रजाइँ गर्ने अधिकार कसैलाई छैन : उपप्रमुख

|

गुल्मी : गुल्मीको खेल मैदानलाई स्थानीय केही नेताहरूले ढुंगाखानी बनाएर ढुंगा उत्खनन गर्दै आएका छन्। जिल्लाको इस्मा गाउँपालिका ४ दोहली तल्लाचौरको खेल मैदानलाई त्यहाँका कांग्रेस गाउँपालिका सभापतिलगायत नेताले ढुंगाखानी बनाएर खेलमैदानको स्वरूप नै बिगारेका छन्। 

गत वर्ष गाउँपालिकाको एक लाख रुपैयाँ बजेटबाट वडाले खेल मैदान बनाएको थियो। कांग्रेस इस्मा गाउँपालिकाका सभापति चन्द्रबहादुर महतले खेल मैदान मासेर ढुंगाखानी बनाएपछि मैदानको नाम निसान नरहेको स्थानीयले बताएका छन्। 

स्थानीय दुर्गादत्त अर्याललको मिलेमेतोमा महतले ढुंगाखानी बनाएका त्यहाँ स्थानीयले आरोप लगाएका छन्। खेल मैदानको रुपमा रहेको उक्त जग्गा उनै अर्याल परिवारले भोगचलन गर्दै आएका थिए। यद्यपि उनीहरूसँग त्यसको लालपुर्जा भने छैन। अर्याल परिवारले खेल मैदान निर्माणका लागि उक्त जग्गा निःशुल्क उपलब्ध गराए पनि अहिले भने आफूहरूलको हक लाग्ने भन्दै जबर्जस्ती गरिरहेका स्थानीयको आरोप छ। 

‘केटाकेटीहरू पहिलेबाटै चौरमा खेल्दै आएका थिए, खेलमैदान बनेपछि खुसी थिए,’ एक स्थानीयले भने।’ ती स्थानीयले वडा र गाउँपालिकाले समयमै खबरदारी गर्न नसकेको पनि आरोप लगाए।

यता कांग्रेस गाउँपालिका प्रमुख महतले त्यहाँको ढुंगा आफूले प्रयोग गरेको स्वीकार गरेका छन्। तर उनले एक ट्रयाक्टरको ६ सय रुपैयाँका दरले लिने गरेको बताए।  तर आफूले केही ढुंगा खेल मैदानका लागि लगे पनि अहिले भने नलिएको समेत दाबी गरे।
 
रजाइँ गर्ने अधिकार कसैलाई छैन : उपप्रमुख

यस्तै गाउँपालिका उपाध्यक्ष विमला खत्रीले युवाको आवश्यकतालाई ध्यान दिई खेल मैदान निर्माण गरेको र त्यसमा कसैले रजाइँ गर्न नपाउने बताइन्। 
आफूले त्यस क्षेत्रको अवलोकन गएको र पहिलेको अवस्थामा खेल मैदान नभए कारबाही गर्ने आश्वासन दिइन्। 

राम्रा ढुंगा आउन थालेपछि लोभिएर ढुंगा उत्खनन गरेका दुर्गादत्त अर्याललाई मैदानको स्वरूप पहिले झैं अवस्थामा ल्याउन सहमति गराइएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए। 

एक दुई दिनभित्रै खेल मैदान जस्ताको तस्तै नबनाइदिए अर्याललाई समेत कानुनी दायरामा ल्याउने उनले चेतावनी पनि दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.