|

गोरखा : कोरोना भाइरसको सन्त्रास फैलिएपछि गोरखाको राष्ट्रिय वाणिज्य बैंकमा पैसा झिक्ने घुइँचो लाग्न थालेको छ। सरकारले २५ जनाभन्दा बढी मानिसको भीडमा नरहनू भन्ने आग्रह गरे पनि त्यसविरीत बैंकमा मानिसहरुको लाइन लागेको थियो। 

कोरोना भाइरस संक्रमणका कारण दैनिक उपभोग्य वस्तुको हाहाकार हुने भन्दै मानिसहरु सामानको जोहो गर्न बैंकमा भीड लागेका हुन्। ‘नेपालमा कारोना आयो भने ग्यास, नुनतेल, दाल, चामल किन्नै पाइँदैन होला। त्यसैले त्यो नआउँदै आफूलाई चाहिने सबै कुरा किन्न पैसा चाहियो,’ आइतबार राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकाल्न लाइन बसिरहेका रामकृष्ण अधिकारीले भने। 

‘कोरोना आउँछ आउँछ भन्छन्, आइहाल्यो भने के हुने हो थाहा छैन’, लाइन बसिरहेकी हरिमाया थापाले भनिन्, ‘त्यसैले आज पैसा निकालेर तीन÷चार महिनालाई पुग्ने सामान किनेर लान्छु।’ केही दिनयता गोरखाका अन्य बैंकमा पनि मानिसहरु पैसा झिक्न लाइनमा बस्न थालेका छन्। 

तर, यो मानिसहरुको बैंकमा भीड बढ्दै जाँदा त्यसले निम्त्याउने संकटको भने न बैंकले ध्यान दिएको छ न स्थानीय प्रशासनले, न त सर्वसाधारण आफैं सचेत हुन सकेका छन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.