|

लहान\जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरी सिरहा पुर्‍याएको छ। जनकपुर पुरानो बसपार्कस्थित उनकै डेराबाट राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गत माघ ५ गते लाहानको सहिद चोकमा बलिदानी दिवसको अवसरमा उनले गरेको भाषणको अनुसन्धानका लागि पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए। 'अनुसन्धान गर्दा उनलाई झिकाईनुपर्न अवस्था आएकाले पक्राउ गरिएको हो,' प्रहरी उपरिक्षक कोइरालाले भने।

धनुषाका एक प्रहरी अधिकारीका अनुसार उनलाई सिरहा जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरी सिरहा प्रहरीलाई बुझाईएको हो।

डा. राउत बस्‍ने घरको ताला फोडी प्रहरीले खान तलासी समेत गरेको थियो। डा. राउतलाई 'राज्य विप्लव' मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको बताइएको छ। उनीमाथि बलिदानी दिवसमा दिन लाहानको सहिद चोकमा  'राज्य विरोधी' भाषण गरेको आरोप छ। 

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसी भन्छन्,'राउतका देश बिखण्डन सम्बन्धी अभिव्यक्तिको विषयमा छानबिन गर्न पक्राउ गरिएको हो। अनुसन्धानपछि मुद्दा पनि चलाउन सकिन्छ।’
मधेश केन्द्रित दलहरुले वार्षिक रुपमा मनाउने बलिदानी दिवसको क्रममा माघ ५ गते राउतको नेतृत्वमा उनका समर्थकहरुले सिरहाको लहानमा ‘फ्रि मधेश’ को नारासहित जुलुस गरेर कोणसभा समेत गरेका थिए  राउत र उनका समर्थकलाई ‘फ्रि मधेश’ भन्दै नारा जुलुस र कोणसभा गर्न दिएपछि किन दुई हप्तापछि पक्रिएको भन्ने प्रश्नको जवाफमा केसीले भने,'सबुद प्रमाण संकलन गर्ने क्रममा केही ढिलो मात्र भएको हो।' 

यो पनि पढ्नुहोस् : सीके राउतमाथि राज्य विप्लवका ४० बढी मुद्दा, सोधे - कस्तो लोकतन्त्र? 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.