|

हेटौंडा :  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गर्‍यो। तर, यसको असर भने बैंकका सेवाग्राहीलाई परेको छ। हेटौंडाका बैंकहरूले सरकारको नियम पालना गर्दै बैंकमा २५ जनाभन्दा बढी प्रवेशमा रोक लगाएपछि सेवाग्राहीहरू भने सडकमै अलपत्र झैं परेका छन्।

संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नेपाल भित्रिएमा नियन्त्रण गर्न सरकारले  विभिन्न तयारी गरिरहेको बेला बागमती प्रदेशको राजधानी हेटौंडामा भने भिडभाड बढेको छ।

काठमाडौं उपत्यका छाडेर गृह नगर आउने र मकवानपुरको ग्रामीण क्षेत्रका मानिसहरुको किनमेल र सामान ओसार्ने कार्य हेर्दा दशैँको समयको झल्को आएको छ। आजबाट सार्वजनिक यातायात नचल्ने, कार्यालयहरु बन्द हुने भएपछि बजारमा भीडभाड बढेको हो। आइतबार हेटौंडाको बैंकहरुमा २५ जना भन्दा बढीको संख्यामा लाइन देखिन्थ्यो। यस्तै, खाद्यान्न स्टोर्स र किराना स्टोर्सहरुमा पनि भिड देखिन्छ।

कोरोना भाइरस संक्रमणबाट सजक रहने भन्दै हेटौंडा उपमहानगरपालिका १० बसपार्कमा रहेको एकीकृत कपडा व्‍यापार बजारको रुपमा रहेको हङकङ बजार बन्द भएको छ। हङकङ बजार व्‍यवस्थापन समितिले सूचना जारी गर्दै हिजो आइतबारदेखि १५ गतेसम्म बजार बन्द गर्ने जनाएको हो। 

होमस्टे बन्द

मकवानपुरको थाहा नगरपालिका-९ स्थित पर्यटकीय गन्तव्‍य चित्लाङका होमस्टे, रिसोर्ट, होटल तथा लजहरु १५ दिनका लागि बन्द गरिने भएको छ। स्थानीय पर्यटन व्यवसायीहरूको बैठकले स्थानीय क्षेत्रमा हुने पिकनिक र भोजभत्तेर लगायातका कार्यक्रमहरूमा पनि रोक लगाउने निर्णय गरेको छ।

मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्‍यका रूपमा चर्चित चित्लाङमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरू पुग्ने गरेका छन्।

आवश्यक परे होटल दिन्छौं

हेटौंडाका दुई व्यवसायीले कोरोना भाइरस (कोभिड १९) को क्वारेन्टाइनका लागि व्यावसायिक स्थल सरकारका लागि उपलब्ध गराउने बताएका छन्। सरकारलाई आवश्यक परे हेटौंडा उपमहानगरपालिका–८ कालिका टोलमा रहेको सुविधा सम्पन्न पार्टी प्यालेस, हेटौंडा ४ खोपेगल्लीमा रहेको होटल आशीर्वाद र आशीर्वाद थकाली थानार्भयाङ क्वारेन्टाईनका लागि उपलव्ध गराउने घोषणा गरेका हुन्।

दुवै व्यवसायीले प्रदेश सरकारले आवश्यक ठाने स्थान उपलव्ध गराउन तयार रहेको उनीहरुले बताए। दुई होटेलमा गरेर १ सय २० जनासम्म मानिस राख्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.